arrow

लिभरपुललाई पछि पार्दै म्यान्चेस्टर युनाइटेड शीर्ष स्थानमा

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
paul-pogba.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिभरपुललाई पछि पार्दै म्यान्चेस्टर युनाइटेड इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुग्न सफल भएको छ । 

मंगलबार राति भएको खेलमा बर्नलीलाई १–० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष स्थानमा पुगेको हो । बर्नलीलाई उसैको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।

उनले खेलको ७१ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा भली गोल गरेका थिए ।

युनाइटेडले १७ खेलमा ३६ अंक जोडेको छ । समान खेलबाट लिभरपुलको ३३ अंक रहेको छ । 

समान खेलबाट लेस्टर सिटी र एभर्टनको समान ३२–३२ अंक रहेको छ । 

एक खेल कम खेलेको टोटनह्याम हट्सपरको २९ तथा दुई खेल कम खेलेको म्यान्चेस्टर सिटीको २९ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ