arrow

दक्षिण कोरियामा चिसोको रेकर्ड, नदी नै जम्यो 

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
seol-cold.jpg

काठमाडौं । दक्षिण कोरियामा चिसोले रेकर्ड बनाएको छ । राजधानी सियोलको बीच भाग भएर बग्ने हान नदी नै जमेको छ । त्यहाँको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको छ । 

पछिल्लो ३० वर्षको आँकडालाई अध्ययन गर्दा उक्त नदी यसपटक चार दिन पहिले नै जमेको हो । कोरियाली मौसम विभागका अनुसार मंगलबार सियोलको तापक्रम माइनस १६ डिग्री रहेको थियो । 

सन् १९०६ देखि हान नदी जम्दै आइरहेको छ । बुसान शहरमा पनि यसपटक सबैभन्दा बढी चिसो महसुस गरिएको छ । 

शुक्रबारसम्म यही गतिमै मौसम रहने पनि विभागले जनाएको छ । तापक्रम घटेसँगै सियोलमा गिम्पो अन्तर्राष्ट्रिय विमानस्थलसहित आधा दर्जन एयरपोर्टमा २३ वटा फ्लाइट स्थगित भएका छन् । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ