arrow

लोक सेवा आयोगले यस वर्ष ५ हजार पदमा विज्ञापन खुलाउदै  

नायव सुब्बा पदमा ठूलो संख्यामा विज्ञापन खुल्यो

logo
आकाश शर्मा
प्रकाशित २०७७ पुष २९ बुधबार
loksewa-aayog.jpeg

काठमाडौं । लोकसेवा आयोगले बुधबार ठूलो संख्यामा नायब सुब्बा (अप्राविधिक) पदमा विज्ञापन खुलाएको छ । आयोगले असोज महिनादेखि चैतसम्म हरेक महिनाको अन्तिम बुधबार विज्ञापन खुलाउने गर्छ, जसअनुसार बुधवार नायब सुब्बा पदमा विज्ञापन खुलाएको हो । प्रशासन, न्याय, परराष्ट्र, लेखा परिक्षक लगायतका समुहबाट नायब सुब्बा पदमा विज्ञापन खुलाइएको छ । 

आयोगका सूचना अधिकारी देवीप्रसाद सुबेदीका अनुसार यस वर्ष आयोगले करिब ५ हजार पदमा विज्ञापन खुलाउने भएको छ । ‘यो संख्या पोहोरको भन्दा केही बढी हो’ सुबेदीले भने,‘पोहोर साल कर्मचारी समायोजन लगायत विभिन्न कारणले यती संख्यामा विज्ञापन खुलाइएको थिएन ।’
आयोगले अहिलेसम्म सहसचिव, उपसचिव, तथा शाखा अधिकृत पदमा विज्ञपान खुलाइसकेको छ भने खरिदार र प्राविधिक नायब सुब्बा पदमा विज्ञापन खुलाउन बाँकी छ।

यस वर्ष आयोगले सबैभन्दा ठूलो संख्यामा नायब सुब्बा पदमा विज्ञापन खुलाएको हो । आयोगले बुधबार सूचना निकाली नायब सुब्बा पदमा ८सय ४३ पदमा विज्ञापन खुलाएको छ । जसमध्ये खुलाबाट ४११ र जेष्ठता कार्यक्षमता मूल्याकन बढुवाबाट ४सय ३२ पदमा पदपुर्ती गर्ने आयोगले जनाएको छ । आयोगको मुख्य कार्यालय काठमाडौ, बुटवल, धनकुटा, जलेश्वर, सुर्खेत तथा दिपायलको कार्यालयबाट नायब सुब्बा पदमा आबेदन दिन सक्ने व्यवस्था आयोगले मिलाएको छ ।

निजामती सेवा ऐन २०४९ अनुसार आयोगले यस वर्ष विज्ञापन खुलाउन लागेको हो । आयोगले विज्ञापन खुलाउनु अघि संघीय मामिला मन्त्रालयले रिक्त पदहरुको विवरण आयोगमा पठाउने गर्छ । मन्त्रालयले पठाएको मागको आधारमा आयोगले विज्ञापन निकाल्ने गर्छ । यस वर्ष कोरोनाको कारण विज्ञापन खुलाउने कि नखुलाउने भन्ने विषयमा आयोग अलमलमा परेको थियो । सरकारले रिक्त पदहरुमा माग गरे पछि विज्ञापन खुलाउने निष्कर्षमा आयोग पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ