arrow

'चुनाव चिन्ह हामीलाई नमिले यहाँ कयामत आउँछ, आधीँहुरी बतास आउँछ'

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ पुष २९ बुधबार
prachanda4.JPG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले चुनाव चिन्ह आफ्नै पक्षलाई दिने विश्वास व्यक्त गरेका छन् ।

प्रचण्डले भने, 'हाम्रो पार्टीको नाम र चुनाव चिन्ह हाम्रै हुनेछ, म यो विश्वास तपाइलाईन दिलाउन चाहन्छु, यदि त्यसो भएन भने यहाँ कयामत आउँछ भन्छन् नी यहाँ आँधी हुरी बतास आउँछ ।'

बुधबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको वृहत भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले विधिसम्मत आफुहरुकै पक्षलाई चुनाव चिन्ह मिल्ने बताएको स्पष्ट पारेका हुन् ।

प्रचण्डले दलसम्बन्धी ऐनमा जोसँग ५० भन्दा बढी केन्द्रिय समितिको संख्या हुन्छ त्यही पार्टी आधिकारीक पार्टी हुने बताएका छन् । त्यस्तै ५० प्रतिशत भन्दा कम संख्या हुनेले अर्कोदल बनाउँन सक्ने उनले बताएका छन् ।

प्रचण्डले निर्वाचन आयोगले यसैकुरालाई आधार मान्दै प्रचण्ड–नेपाल पक्षलाई नै चुनाव चिन्ह मिल्ने बताएका हुन् । उनले प्रश्न गर्दै यसो नभएमा अर्थात प्रचण्ड–नेपाल पक्षलाई चुनाव चिन्ह नमिलने यहाँ जे पनि हुनसक्ने बताएका छन् ।

उनले केपी शर्मा ओलीले संघिय लोकतान्त्रिक गणतन्त्रको मुटुमा छुरा चलाएझैं अरु कुनै संवैधानिक निकायले त्यस्तो गरेमा नेपाली जनता हेरेर बस्न नसक्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ