arrow

संसद विघटन मुद्दाको वहसले शुक्रबार निरन्तरता पाउने

वृहत इजलाशमा पठाइएन

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
Supreme-Court-judges.jpg

काठमाडौं। सर्वोच्च अदालतमा बिचाराधिन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा कुनै पनि निर्णय नभई शुक्रबारका लागि सरेको छ। संवैधानिक ईजलासमा भएको मुद्दा वृहत ईजलासमा पठाउने कि नपठाउने भन्ने बारे बहस भए पनि कुनै निर्णय हुन सकेन। 

सो विषयमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संवैधानिक इजलासमा नभइ पूर्ण वृहत इजलासमा नै सो सुनुवाइ हुनुपर्ने धारणा राखेका थिए । तर सरकारी पक्षबाट वकालत गर्दै महान्यायाधिवक्ता अग्नी खरेलले भने पूर्ण वृहत इजलासमा लैजाने मागलाई अस्वीकार गरेका थिए ।

महान्यायाधिवक्ता खरेलले संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको र गम्भीर संवैधानिक प्रश्न संवैधानिक इजलासले नै न्याय निरूपण गर्ने भएकाले यताको मुद्दा अरू इजलासमा लान नमिल्ने बताएका थिए ।

दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ