arrow

जो पिण्डमा छ त्यही ब्रह्माण्डमा

logo
आध्यात्म
प्रकाशित २०७७ पुष २९ बुधबार
universe.jpg

काठमाडौं । यो प्राण-शक्तिको प्रवाह हिन्दू, मुसलसिम, इसाईमा मात्र छैन, यो प्राण-शक्तिको प्रवाह प्रत्येक मानिसभित्र छ। यसकारण त्यसलाई हाम्रा सन्तहरूले 'राम' भनेका छन्। रामको मतलब हिन्दूहरूले सजिलैसँग बोल्ने र जोप्रति उनीहरूको श्रद्धा छ, ती राम होइनन्। रामको मतलब हो-रमण गर्नेवाला वस्तु। जो सबैको घट घटमा रमण गर्दछ, सबैको हृदय-हृदयमा घुमिरहेको छ, उही राम  हो।

अब विचार गर्नुहोस् त्यो सबैको हृदयमा घुम्ने वस्तु के हो। त्यो सबै  जाति र वर्गको हृदयमा घुम्ने वस्तु के हो ? त्यो के चीज हो जो कण-कणमा व्याप्त छ? भौतिक जगतको सबैभन्दा सानो कण जसलाई हामी एटम भन्दछौं, त्यसको बीचमा एउटा केन्द्र छ । त्यो केन्द्रको चारैतिर इलेक्ट्रोन्स परिक्रमा गर्दछन्। हाम्रा ऋषिहरूले भनेका छन् - 'जो पिण्डमा छ, त्यही ब्रह्माण्डमा पनि छ।' ब्रह्माण्डको केन्द्र सूर्य छ अनि सूर्यको चारैतिर ग्रहहरू परिक्रमा गरिरहेका छन् । जुन शक्तिले इलेक्ट्रोन्सलाई चलाईरहेको छ, त्यही शक्तिले ग्रहहरूलाई पनि चलाईरहेको छ, त्यही शक्ति सारा विश्वको कण-कणमा व्यापक छ।

जोसँग ज्ञान-नेत्र छ उसैले मात्र त्यस शक्तिलाई चिन्न सक्छ। त्यो शक्तिलाई राम यसकारण भनियो, किनभने त्यो सबैमा रमण गर्दछ। दुनियाँमा धेरै भाषाहरू छन्। प्रत्येक देशमा आफ्नो-आफ्नो भाषा छ। दक्षिणमा उनीहरूको आफ्नै भाषा छ, बेलायतमा अंग्रेजी भाषा छ, फ्रान्समा फ्रेन्च भाषा छ, मतलब प्रत्येक देशको आफ्नै भाषा छ। तर संसारमा सबै ठाउँमा बोलिने विश्वव्यापी (Universal) भाषा कुनै छैन। जब भाषा नै व्यापक छैन भने भाषाको माध्यमबाट तपाईंले व्यापक नामको उच्चारण गर्न सक्नुहुँदैन। यसकारण त्यो शक्ति के हो जो सबैमा रमण गरिरहेको छ, जो सर्वव्यापक छ। यसकारण हाम्रा सन्तहरूले भने त्यो भाषाहरूदेखि टाढा छ।

आज हामी धेरै कडा भन्दा कडा कानून बनाउँन सक्छौं। जाँतो पिसाउँन सक्छौँ, हातकड़ी लगाउन सक्छौं, तर त्यसबाट समाजमा चलिरहको अपराधवृत्ति समाप्त हुन सक्दैन। यी सबै त आध्यात्मद्वारा हृदय परिवर्तन गरिमात्र समाप्त हुनसक्छन् । आध्यात्ममा मात्र त्यसलाई समाप्त गर्ने ठुलो शक्ति छ । यसकारण आज हाम्रो देशमा आध्यात्मको नितान्त आवश्यता छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ