arrow

सिटी जित्दा बराबरीमा रोकियो टोटनह्याम

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
manchester-city4.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी हुँदा टोटनह्याम हट्सपर बराबरीमै रोकिएको छ । बुधबार राति घरेलु मैदानमा खेलेको सिटीले साँघुरो जित निकाल्यो । सिटीले ब्राइटन एन्ड हभ आल्बियनलाई १–० ले पराजित गरेको हो ।

फिल फोडेनले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका हुन् ।

इन्जुरी समयमा रहिम स्ट्रर्लिङले पाएको पेनाल्टी प्रहारलाई गोलमा भने परिणत गर्न सकेनन् । जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै टोटनह्याम हट्सपर भने बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा टोटनह्यामले घरेलु मैदानमा रेलिगेशन क्षेत्रको फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

अग्रता जोगाउन नसक्दा टोटनह्याम बराबरीमै रोकिएको हो । खेलको २५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

फुलहमका इभान काभालिरोले खेलको ७४ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 

यो खेलपछि साथह्याम्पटनको तेस्रो स्थानमा पुग्ने सपना चकनाचुर भएको छ । जितले सिटी १६ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा पुगेको छ । 

टोटनह्याम १७ खेलबाट ३० अंकसहित छैटौं स्थानमा झरेको छ । उपाधिको दावेदारी दिने क्लबहरु भने खुलेर अगाडि आएका छन् । 

शीर्ष स्थानको म्यान्चेस्टर युनाइटेडको १७ खेलबाट ३६, लिभरपुलको १७ खेलबाट ३३ तथा सिटीको १६ खेलबाट ३२ अंक भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ