arrow

प्रधानमन्त्रीको गृहजिल्लामा सुरक्षा चुनौती, एकैहप्तामा सत्र जना पक्राउ  

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ माघ १ बिहिबार
jhapa-chori.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सुरक्षा चुनौती बढेको छ । उक्त क्रममा एकै हप्तामा १७ जना पक्राउ परेका छन् । सरकारले शान्ति सुरक्षा चुस्त दुरुस्त बनाएको दाबी गरे पनि प्रधानमन्त्री ओलीकै गृहजिल्लामा भएको यो सुरक्षा थ्रैटले भने सरकारलाई नै गम्भीर चुनौती दिएको छ । 

झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित एक दम्पती पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नं १३ चारआली बजारमा जिल्ला प्रहरी कार्यालय झापा,प्रहरी चौकी चारआली र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा कारोबारी कलिलो दम्पतीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं १ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपुत रहेका छन् ।

उनीहरुको साथबाट १० ग्राम ब्राउनसुगर बरामद गरी ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

त्यसैगरी गए शुक्रबार राति झापाको भद्रपुर नगरपालिका १० बाट नियन्त्रित लागुऔषध ब्राउनसगुरसहित २ जना पक्राउ परेका थिए । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगरसहित शुक्रबार अपरान्ह ५ बजे दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका १५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन् । 

त्यसैगरी झापाबाटै बिहीबार साँझ ब्राउनसुगरसहित ६ जना पक्राउ परेका थिए । साँझ ६ः३० बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा न १४ बाट स्थानीय ३० बर्षीय धनबिर राजवंशी, भद्रपुर नगरपालिका वडा न ११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका ९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।

यता चोरी तथा लुटपाट कार्यमा सम्लग्न हरुलाइ  मंगलबार ईलाका प्रहरी कार्यालय अनारमनीले चौध  थान मोटरसाइकल सहित  सात जनालाई पक्राउ गरेको थियो  ।             

झापाको बिर्तामोडमा कोठा भाडामा लिएर चोरीमा संलग्न रहेको गिरोहलाई पक्राउ गरेको ईलाका  प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिएका छ्न  ।

पक्राउ परेकाहरुबाट चौध  वटा मोटरसाइकल सहित एकथान स्कुटर पनि बरामद गरिएको थियो । पक्राउ पर्नेहरुमा   क्षितिज भनिने इलामका रोशन तामाङ, सोही ठाउँका रोशन वुढाथोकी, रोशन गिरी, राजेश गिरी, मनिष गिरी, पाँचथरका रोशन भनिने पाशाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बू रहेका छन् ।

विभिन्न मितिमा हराएका मोटरसाइकल सहित उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो  ।                        

केही दिनयता बिर्तामोड तथा आसपासका क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी भएको भन्दै उजुरी पर्ने गरेको प्रहरीले बताएको छ ।  पछिल्लो समयमा झापाका सिमाबर्ती ईलाकामा अबैध सामग्रीको तस्करी एवं सवारी साधन लुटपाटको अवस्था तिव्र रुपमा देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ