arrow

सशस्त्रको शान : लुम्बिनीको पोष्टमा पाँच गोल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
782852597.jpeg

काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलमा विभागिय टोली सशस्त्र प्रहरी बलले मोफसलको लुम्बिनी फुटबल क्लव रुपन्देहीलाई हराउँदै उपाधि संभावना जिवित राखेको छ ।

विहिबार ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १३औं खेलमा सशस्त्र प्रहरी गणेश लावतीको ह्याट्रिकले ५–१ को फराकिलो अन्तरले विजयी भयो ।  

खेल सुरु भएको तीन मिनेटमै पहिलो गोल गरेका गणेशले पहिलो हाफको अन्तिम समयमा दोस्रो तथा मध्यान्तरपछी ५५औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे ।
 
आठौं मिनेटमा श्याम नेपालीले एक गोल गर्दै अग्रता दोब्बर पारेकामा लुम्बिनीले ३५ औं मिनेटमा गोल फर्कायो । ७९ औ मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै नतिजा ५–१ मा ल्याए । लुम्बिनी भने लयमा फर्कन सकेन । जितसंगै सशस्त्र २३ अंक सहित लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
 
१५ खेलबाट ८ अंक जोडेको लुम्बिनी नौ टोली सहभागी लिगको आठौं स्थानमा छ । लिगमा १३ खेलबाट २६ अंक जोडेको थ्रीस्टार शीर्ष स्थामा छ । समान खेलबाट २५ अंकको मनाङ्ग दोस्रो तथा २४ अंकको त्रिभुवन आर्मी तेस्रो स्थानमा छ । १४ खेल खेलेको झापा एघारको २४ अंक भए पनि गोल अन्तरका आधारमा आर्मी भन्दा पछि परेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ