arrow

मधेस आन्दोलनको तुक छैन : शेरबहादुर देउवा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
546146914.jpeg
 
सल्यान । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसवादी दलले गरेको आन्दोलनको कुनै तुक नरहेको बताएका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले समस्या समाधान गर्ने वार्ता नै भएकाले आन्दोलन रोकेर वार्ताबाट निकास दिन मधेसी दललाई आग्रह गरे ।  
 
सल्यानको श्रीनगरमा संचालन भएको दोस्रो सल्यानी युवा महोत्सवको उद्घाटन गर्दै नेता देउवाले आफ्नो हठ त्यागेर संवादमा आई समस्या समाधान गर्न मधेसी दललाई सुझाए । देउवाले भने,–‘नागरिकको दैनिकी चौपट गर्नेगरी गरिएको आन्दोलनले कष्टमात्रै दिन्छ, कुनै निकास दिँदैन ।’ औषधि र बिरामी बोकेका गाडी तथा एम्बुलेन्समा आगजनी गरेर आन्दोलन सफल हुँदैन ।
 
प्रदेशको सीमाङ्कनको विषयमा नेता देउवाले कुनै एक दल वा पक्षले चाहँदैमा सीमा परिवर्तन नहुने बताए । देउवाले प्रदेशको सीमाङ्कन सबै दलको सहमतिबाट भएको हो । कसैको इच्छा र चाहनाले यसको परिवर्तन हुँदैन, गर्नैपरे पनि कानुनी प्रक्रियाबाट निकास दिन सकिन्छ– भने । 
 
भारतले नाटकिय नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिएको भन्दै नेता देउवाले यसलाई तत्काल हटाउनुपर्नेमा जोड दिए । देउवाले नेपालीले संविधान जारी गर्नु भारतको टाउको दुखाइको विषय होइन समेत–भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ