arrow

बिपन्न विद्यार्थीले पाए न्यानो कपडा

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ १ बिहिबार
student-sahayog.jpg

झापा । झापामा निरन्तर सामाजिक सेवामा समर्पित नाम हो दुर्गा काफ्ले। विषम परिस्थिती र अभाबमा उनले विभिन्न व्यक्तिलाई सहयोग गर्दै आएकी छन् ।

काफ्ले दमक स्थित श्री पाणिनी माध्यमिक  बिद्यालयमा अध्यापनरत शिक्षिका हुन । सहयोग हस्तान्तरणका क्रममा समाजसेवी काफ्लेले बिहिबार  झापा जिल्ला गौरिगन्ज गाउँपालिका वडा न. १ स्थित श्री जनकल्याण आधारभुत बिद्यालय माहाभारामा अध्ययनरत कक्षा १ देखि ८ सम्मका सम्पुर्ण बिपन्न बर्गका सन्थाल जातिका बालबालिकाहरुलाइ शिक्षण सिकाइ सहजिकरणका निमित्त जाडो मौसमको न्यानो कपडा( स्विटर) तथा पुस्तक ब्याग सहयोग उपलब्ध गराएकी छन् ।

सहयोग सामाग्री अन्तर्गत ३७ थान स्कुल ब्याग , १० थान स्विटर र रु १२०० बराबरको दिवा खाजासहित जम्मा रु २८ हजार ४ सय मूल्य बराबरको समाग्री बिद्यालय मै उपस्थित भइ सहयोग हस्तान्तरण गरिन् ।

उनले आफ्नो एकल सहयोगमा आफू अध्यापन गराउने बिद्यालय पाणिनी माध्यमिक बिद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरेकी छन ।  त्यसै गरि दमक तथा गौरादह नगरपालिकमा रहेका विभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न विद्यार्थीहरुलाई मौसम अनुकुलित न्यानो कपडा तथा पाठ्यसामाग्री हस्तान्तरण गर्दै आएकी छ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ