arrow

पूर्वमन्त्री यादवको कोरोनाबाट मृत्यु, प्रधानमन्त्री ओलीको समवेदना वक्तव्यमा सचिवालयको फेरि त्रुटि 

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ माघ २ शुक्रबार
oli-sachibalaya-mistake.jpg

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका  बाँके निवासी यादवको बिहीबार बिहान २ः३० बजे निधन भएको उनका आफन्त सोहनलाल यादवले बताए ।

कोरोना संक्रमण भएर गम्भीर अवस्थामा रहेका यादवलाई  बाँकेबाट उपचारका लागि  काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिएको थियो । ७५ वर्षीय यादवलाई मुटुसम्बन्धी समस्या समेत रहेको थियो । 

यादव सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री, संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्जसमेत थिए ।

गम्भीर प्रकारको कोरोना संक्रमण भएपछि उनलाई  नेपालगञ्जबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएकोमा पछिल्लो समयमा आएर अवस्था झन जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उनको  उपचार भैरहेको थियो ।

बाकेको नरैनापुर र बघौडा क्षेत्रको विकासका लागि सधैं क्रियाशील रहने नेता र अभिभावक गुमाएकोले सम्पूर्ण बाँकेवासी शोकमग्न रहेको उनले  बताए ।                                 

प्रधानमन्त्री सचिवालयको त्रुटि
पूर्वमन्त्री यादवको मृत्युमा समवेदना जनाउन  प्रधानमन्त्री ओलीले शोक वक्तव्य नै जारी गरेका छन् । उनले पूर्व मन्त्रीको निधनको खवरले आफूलाई दुखित तुल्याएको बताएका छन् । 

उनले यादवको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनले क्षति व्यहोर्नु परेको र पार्टीले एक निष्ठावान नेतालाई गुमाएको पनि उल्लेख गरेका छन् । 

तर शोकका बेलामा पनि उनको वक्तव्यले भने फेरि पनि ढंग पुर्याएन । प्रधानमन्त्रीको सचिवालयले उक्त प्रधानमन्त्रीद्धारा हस्ताक्षरित वक्तव्यमा गल्ती गरेको छ । 

माघ १ गते नै बाहिरिइसकेको वक्तव्यको मिति भने माघ २ गते राखिएको छ । यस्ता घटना पहिला पनि नभएका होइनन ् तर प्रधानमन्त्रीको सचिवालयको गल्ती सच्चिने लक्षण देखिएको छैन । 

यस कार्यले प्रधानमन्त्री ओलीको छविप्रति औंला तेर्स्याउले विपक्षीलाई मौका मिलेको छ । हुनत इन्डोनेसियामा भएको सुनामीमा त्यहाँका हजारौँ जनताले ज्यान गुमाउँदा नेपाल सरकारले समवेदनाको सट्टा हार्दिक बधाई लेखी पठाएको तीतो यथार्थ पनि लुकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ