arrow

सर्वोच्चद्धारा संसद विघटनको मुद्धालाई बृहत पूर्ण इजलासमा लैजान अस्वीकार

आइतबारबाट संवैधानिक इजलासमा नै सुनुवाइ हुने 

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ माघ २ शुक्रबार
supreme-court-of-nepal.jpeg

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासबाट बृहत पूर्ण इजलासमा लैजान रिट निवदेकहरुले गरेको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । शुक्रबारको सुनुवाइका क्रममा संवैधानिक इजलासमा नै संसद विघटनको मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । 

अब आइतवारदेखि संवैधानिक इजलासमा नै संसद विघटनबारेको मुद्दामा सुनुवाइ हुनेछ । मुद्दाको सुनुवाई वृहत पूर्ण इजलासबाट हुनुपर्ने माग गर्दै रिट निवेदकहरुले निवेदन पेश गरेका थिए । त्यहि निवेदनमाथि पक्ष र विपक्षमा बहस सकिएपछि संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश जारी भएको हो ।

नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम वृहत पूर्ण इजलासमा लैजानु पर्ने नदेखिएको संवैधानिक इजलासको उत्प्रषेण परमादेशमा उल्लेख छ ।

‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधान धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकको मागबमोजिम गर्नुपरेन,’ आदेशमा भनिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ