arrow

देश डाका, लुटेरा र अपराधीको हातमा गयो : पूर्वमन्त्री बलायर

ओली म्यादी मन्त्री बनाउनमै ब्यस्त, केपी, प्रचण्ड र माधवको कुरो नमिलेर देश बन्दी

logo
प्रकाश बम,
प्रकाशित २०७७ माघ २ शुक्रबार
balayar4.jpg

डोटी । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाका,लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली कांग्रेस दिपायल सिलगढि नगरपालिका - ९ नारिदाङ र लडागडामा आयोजना गरेको वडा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

'बर्तमान सरकार अहिले डाका,लुटेरा, भ्रष्टाचारी र अपराधीको घेरा भित्र छ ,’ उनले भने, ‘ संसद विघटन गरेर पनि केपी ओली अहिले म्यादी मन्त्री बनाउनमा नै ब्यस्त छन् । केपी, प्रचण्ड र माधव कन्ट्रक्सन नमिलेर अहिले देशलाई अनिर्णयको बन्दी बनाएको हो।’ वर्तमान सरकारबाट निर्वाचन सम्भव नभएको उनले बताए ।

कम्युनिष्टहरू नेपालका लागि अभिषाप भएको पुष्टी भएको पनि पूर्वमन्त्री बलायरले बताए । ‘नेपाली जनताले कम्युनिष्टको झुटो आश्वासनका भरमा विश्वास गरेर झण्डै दुईतिहाईको बहुमत दिए,’ उनले भने, ’त्यसको चरम खेलबाड कम्युनिष्टहरुले जनतालाई कालोमोसो लगाएको सरह हो ।’ त्यसैले देश र जनताले कांग्रेसको आवश्यकता भएको ५८ दिनको घर दैलो कार्यक्रमले देखाएको बताए । ओलीमा सर्वसत्तावादी महत्वकांक्षा बढेको भन्दै अब देशमा कम्युनिष्ट मुक्त बनाउने कांग्रेसको अभियान रहेको बलायरले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति प्रदिब कुमार देउवाले कम्युनिष्टहरुले आफ्नो प्रबृत्ति दर्शाउन कुनै कसर बाँकी नराखेको बताए । उनले भने, ‘कम्युनिष्टको सर्वसत्तावादी, अलोकतान्त्रिक, भ्रष्ट र फासिस्ट स्वभाव पूर्णरूपमा प्रदर्शित भएको छ ।’ उनले भने,' केपी ओलीको रास्ट्रवाद खोक्रो रास्ट्रबाद हो। अब कम्युनिष्टका झुटा खोक्रा आश्वासनका पछाडि नलाग्न अनुरोध गरे।'

कार्यक्रमा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य प्रशिस महरा र क्षेत्रीय सभापति विजय खड्काले कम्युनिष्ट सरकारहरु प्रदेशदेखि संघसम्म असफल भएको बताए ।संसद् विघटन गर्ने असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने उहाहरुको भनाइ थियो ।

कार्यक्रममा जिल्ला सदस्य सुशील घर्ती ,नगर सभापति गणेश मलासी लगायतले मन्तब्य राखेका थिए । पूर्वमन्त्री बलायर लगायतको टोली गाउँमा जादा पन्चे बाजा र फुलमालाले स्थानीयले भब्य स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ