arrow

जेसीआई शुद्धोधनमा रामजी पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
jycess_suddodan.jpg

रुपन्देही। जेसीआई शुद्धोधनको शुक्रबार सम्पन्न भएको अधिवेशनले बर्ष २०२१ का लागि रामजी पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको कार्यकारिणी उपाध्यक्षमा मुकेश कुँवर र रमेश गौतम, उपाध्यक्षमा महेन्द्र गौतम, सुरज ज्ञवाली, सञ्जु चापागाई र यज्ञ आचार्य रहेका छन् । सचिवमा विजय पराजुली, सह कोषाध्यक्षमा नबिन केसी निर्विरोध चयन भएको सिनेटर रमेश खनालले जानकारी दिए। नब निर्वाचित अध्यक्ष पौडेलले महासचिबमा रुपा पराजुली, कानुनी सल्लाहकारमा सिनेटर रमेश खनाल र कोषाध्यक्षमा राहुल खनाललाई मनोनित गरेका छन्।

यसअघी अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस लुम्विनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले लोकतन्त्र जोगाउने दायित्व यूवाहरुको काँधमा आएको बताए। शासन व्यक्तिको होइन बिधिको हुनुपर्दछ भन्ने जेसिजको मान्यता अहिलेको अवस्थामा झनै सान्दर्भिक भएको भन्दै प्रमुख सचेतक खानले समाजमा गर्ने योगदानले व्यक्तित्व विकासमा उर्जा थप्ने बताए।

सो अवसरमा नेपाल जेसिज बर्ष २०२१ का कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाईले उम्मेदवार प्रशिक्षण तथा अन्तर्वार्ता गरेका थिए । त्यस अवसरमा संस्थापक अध्यक्ष रमेश खनालले जेसीआई शुद्धोधनको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा नेपाल जेसिजका बर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष गोविन्द पंगेनी, नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका सभापति शेरबहादुर काफ्ले लगाएतले धारणा राखेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ