arrow

इन्डोनेसिया भूकम्पमा कम्तीमा ४२ को मृत्यु

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
indonesia-earthquake1.jpg

काठमाडौं । इन्डोनेसियामा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा ४२ पुगेको छ । सुलावेसी आइल्याण्डमा गएको शक्तिशाली भूकम्पमा उनीहरुको ज्यान गएको हो । 

उद्धारको कार्य जारी रहँदा अझै थुप्रैको ज्यान जान सक्ने उद्धारकर्मीहरुले जनाएको बीबीसीले लेखेको छ । शुक्रबार बिहान ६.२ रेक्टर स्केलको भूकम्प गएको हो । यो ठूलो झड्काअघि पहिले सानो झड्का महसुस भएको थियो । 

भूकम्पमा परी सयौं घाइते भएका छन् । हजारौं मानिस विस्थापित भएका छन् । यसपालि गएको भूकम्पको स्थानमा सन् २०१८ मा पनि ठूलो भूकम्प गएको थियो । त्यतिबेला २ हजार भन्दा बढीको ज्यान गएको थियो । 

भूकम्पले अस्पतालसमेत भत्किँदा ८ जनाको ज्यान गएको छ भने ६० जनाको उद्धार गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ