- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ६९ बर्षीया भारतीय अभिनेत्री रजनी चण्डी यतिबेला आफ्नो ग्ल्यामरस फोटोशूटका कारण चर्चामा छिन् । सामाजिक सञ्जाल फेसबुकमा राखेका उनका ‘हट एन्ड सेक्सी’ फोटोहरुका कारण ट्रोलको शिकार समेत बन्नुपरेको छ ।
उनले पोष्ट गरेका फोटोहरु यसरी भाइरल होला भन्ने अनुमान गरिएको थिएन । रजनीका लागि यो नसोचेको घटना भयो ।
आलोचकहरुले यस्तो बृद्ध हुने अवस्थामा सेक्सी फोटोशूट किन ? भनेर प्रश्न गरेका छन् ।
रंगीन साडी पहिरिने गृहिणीको सट्टा जिन्स कपडामा सजिएकी रजनीलाई छोटा डेनिमको पोशाकमा फोटोशूट गर्दैगर्दा उमेरको ख्याल नगरेको बताएकी छिन् ।
फोटोग्राफर अथिरा जोयले रजनीकै बगैंचामा शूट गरेका तस्विरहरु हेरेर उनले आफू अझै २९ बर्षीया भएजस्तो अनुभव लिएको सुनाएकी छिन ।
रजनीलाई दक्षिणी भारतीय राज्य केरलका स्थानीय अखबारहरुले ‘बोल्ड एंड ब्यूटीफूल’को उपमा दिएका छन् । तर स्थानीय महिलाहरु अहिले पनि साडी वा परम्परागत लामा स्कर्टमा बस्ने गर्छन ।
मलयालम भाषाको कमेडी ड्रामामा अभिनेत्रीको रुपमा कलाकारितामा आएकी रजनीले दुई सिनेमामा पनि काम गरिसकेकी छिन ।