arrow

 ओलीको कदमप्रति प्रचण्ड-माधव समूहसँगै कांग्रेस नेतृत्व पनि दोषी: डा.कोइराला

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
Dr.shaker_.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेस एक ढिक्का भएर सशक्तरुपमा आन्दोलनमा जानुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा बोल्दै डा.कोइरालाले प्रमुख प्रतिपक्षी दल  कांग्रेसको भूमिका सशक्त्त नहुँदा संघीयता र गणतन्त्र खतरामा पर्ने सम्भावना बढेको पनि बताए ।

सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रका कारण कांग्रेसले ‘प्रतिगमनको विरोध’ मा सशक्त भूमिका खेल्न नसकेको आरोप लगाए ।

नेता कोइरालाले संसद विघटन गर्नुको पछाडि गहिरो षड्यन्त्र रहेको दावी गरे । उनले भने, ‘अब काँग्रेसले अदालतको फैसलालाई नपर्खी प्रष्ट भएर आन्दोलनमा जानुपर्छ, सभापति देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नोबोल्न उर्दी गर्न सुहाउँदैन ।’

डा.कोइरालाले ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गराउने कार्यमा नेकपाका प्रचण्ड-माधव समूहसँगै नेपाली कांग्रेसको नेतृत्व पनि दोषी रहेको टिप्पणी गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ