arrow

प्रतिनिधिसभा पुनःस्थापना गरि जनतालाई न्याय दिन सर्वोच्चलाई पौडेलको आग्रह

'चुनाव भन्दा ठूलो संविधान र लोकतन्त्र'

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
Ramchandra-Poudel.jpg

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियता, नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन सर्वोच्च अदालतलाई आग्रह गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाद्धारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताउदै सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरे । पौडेलले भने–‘म चितवनको यो सहिदभूमीबाट न्यायमुर्तीहरु सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु ।’

संसदको विघटन लोकतन्त्र, संविधान र राष्ट्रमाथि एकै पटक प्रहार गरेको पौडेलले बताए । वरिष्ठ नेता पौडेलले संविधानमा धारा ७६ (५)को प्रधानमन्त्रीले बाहेक प्रतिनिधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आम नागरिकले शंका गरिरहेको समेत बताए । पौडेलले नेपाली कांग्रेस चुनावमा नजाने भन्ने हुँदै नभएको बताउँदै चुनाव भन्दा ठूलो संविधान र लोकतन्त्र रहेको स्पष्ट पारे । पौडेलले भने–‘खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ । खेतै नभएपछि कसरी धान रोप्ने त्यसैले अहिले संविधान जोगाऊ लोकतन्त्र जोगाउ । लोकतन्त्र र संविधान जोगियो भने त चुनावमा त जहिले पनि सहभागि हुन पाइन्छ नि ।’

वरिष्ठ नेता पौडेलले चुनाव गराउनका लागि प्रतिनिधिसभा भंग नगरेको बताउदै मुलुकलाई संकटतर्फ धकेल्नका लागि प्रतिनिधिसभा भंग भएको बताए । उनले भोलि चुनाव पनि नहुने प्रतिनिधिसभा पनि नहुने अवस्थामा नेपाली जनताले ७० वर्ष संर्घष गरेर ल्याएको संविधान र राजनीति व्यवस्थाको हालत के हुन्छ भनि प्रश्न गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ