arrow

हतियार सहित कस्तुरी मार्ने गिरोहका ५ जना पक्राउ  

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
arrest-final.jpeg

डोल्पा । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मुह ईलाकाबाट शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधिले स्थानीय प्रहरीको सहयोगमा जीवजन्तुको अवैध तस्करीमा संलग्न ५ जनालाई हतियार सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मुह बस्ने बर्ष ४५ को मन बहादुर बुढा, सोहि ठाउँ बस्ने बर्ष ३७ को चन्द्र प्रसाद बुढा, सोहि नगरपालिका वडा नं ७, पहाडा बस्ने बर्ष ४१ को सुर्य बहादुर बुढा, सोहि ठाउँ बस्ने बर्ष ३० को चन्द्र केसी र सोहि ठाउँ बस्ने बर्ष २१ को गोकर्ण बुढा रहेका छन् । 

पक्राउ परेकाहरुको घरबाट भरुवा बन्दुक नाल २, बारुदको डिब्बा थान १, छर्रा थान ४५, कस्तुरी मार्ने पासो गोटा थान १४, बारुद भरिएको चौरी गाईको सिङ्ग गोटा २ र शंकास्पद कस्तुरीको दाँत गोटा ४ वरामद गरि आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ