arrow

ओली सरकारको प्रतिगामी कदम विरुद्ध डोल्पाका ८ ओटै तहमा कांग्रेसको प्रदर्शन

logo
विष्णुप्रसाद देवकोटा
प्रकाशित २०७७ माघ ३ शनिबार
congress-birodh-dolpa-tripu.jpg

डोल्पा। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशैभरका स्थानिय तहमा आह्वान गरेको विरोध कार्यक्रम डोल्पाका ८ स्थानिय तहमा पनि भएको छ। नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर समितिले त्रिपुरासुन्दरी नगरपालिकामा केपी ओली सरकारको जनविरोधी कदमको विरोध गर्दै प्रर्दशन गरेको छ।देशभरका ७ सय ५३ ओटै स्थानीय तहमा असंवैधानिक कदमको विरोध गर्ने कार्यक्रम अनुरुप डोल्पामा पनि प्रदर्शन गरिएको नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर समिति त्रिपुराकोटले जनाएको छ ।

संसद विघटनको असंवैधानिक कदम खारेजी गर, केपी ओलीको तानाशाहा निरंकुशतावादी शैली मुर्दावाद भन्ने नारा लगाउँदै त्रिपुरासुन्दरी नगरपालिकामा विरोध प्रर्दशन भएको हो । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर तानाशाह शैलीको प्रर्दशन गर्दै संविधानलाई नै लत्याएर स्वघोषित महाराज बन्न खोजेको आरोप विरोध प्रर्दशनमा सहभागि कांग्रेस कार्यकर्ताले लगाएका छन् ।

केपी ओली सरकार भ्रष्टाचारले गन्हाएकोआरोप विरोध सभामा बोल्ने अधिकांश कार्यकर्ताको थियो । त्रिपुरासुन्दरी नगरका ग्रामिण बस्तीहरुबाट आएका कांग्रेस कार्यकर्ताले सर्वसत्तावाद ओली सरकार मुर्दावाद, संसद विघटनको असंवैधानिक कदम खारेज गर भन्ने नारा लगाउदै त्रिपुराकोट बजारको परिक्रमा गरि स्थानिय नन्द स्मृतिचोकमा आएर विरोध सभाको परिणत भएको थियो ।

नेपाली कांग्रेसका महासमिति सदस्य गौरीशंकर उपाध्यायले नेपाली जनताको अथकआन्दोलनबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्नुको सट्टा संघिय संसद नै विघटन गरेर संविधान र संघियताको नै हत्या गरेको आरोप लगाए । कांग्रेस डोल्पाका पूर्व सभापति टंकप्रसाद उपाध्यायले कुशासन र अधिनायकवादी शैली अपनाउदै दमनकारी नीति अख्तियार गदै हिटलर प्रबृति अपनाएर ओली अगाडि बढिरहेको बताए । डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख का क्षेत्रीय सभापति जयनन्द उपाध्यायले  केपी ओलीको नक्कली राष्ट्रवाद र आर्दशलाई नेपाली जनताले आउदो निर्वाचनमा उदाङगो गर्ने बताए । नगरसभापति पुर्णमल धरलाको अध्यक्षतामा भएको विरोध सभालाई नेपाली कांग्रेसका भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतका नेता कार्यकर्ताले केपी ओली सरकारको असंवैधानिक कार्यको घोर भत्सर्ना गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ