arrow

नरेन्द्र मोदीलाई भेट्ने परराष्ट्रमन्त्री ज्ञवालीको प्रयास अधुरै

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
pradip-gawali.jpg

काठमाडौं । अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेटी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फकिएका छन् । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर दिल्ली उडेका ज्ञवालीलाई मोदीले समय नै नदिएको बुझिएको छ ।

परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली पुगेका उनको प्रमुख कार्यक्रममध्ये प्रधानमन्त्री मोदीलाई पनि भेट्नु थियो । तर मोदीको समय नमिलेको परराष्ट्र स्रोतको भनाइ छ । 

पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा छ । मन्त्री ज्ञवाली स्वदेश फर्कनुअघिसम्म प्रधानमन्त्री मोदीसँग भेटका लागि समय मिलाउन प्रयासरत थिए । तर, मोदीले समय नदिएपछि भेट सम्भव नभएको हो । 

ज्ञवालीसँग भारतीय प्रधानमन्त्रीले भेट गर्ने समय नदिएपछि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले कुन रुपमा लिएको छ भन्ने स्पष्ट हुन सकेन ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपाललाई आवश्यक कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी दिए । मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ