arrow

नेपालबाट कम्युनिष्टको पतनका लागि आन्दोलनले पुग्दैन, जनआन्दोलन गर्नुपर्छ : नेता बलायर

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
bir-badhur-balayar.jpg

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्बमन्त्री बीरबहादुर बलायरले यतिबेला कांग्रेस आन्दोलनमा मात्र होमिएको भएपनि आवश्यक परे जनआन्दोलन गर्न समेत पछि नहट्ने बताएका छन् ।

सरकारले गरेको प्रतिनिधी सभा बिघटनको बिरुद्धमा डोटीको पूर्बीचौकी गाउँपालिका कांग्रेसले गरेको आन्दोलनमा सम्बोधन गर्दै नेता बलायरले नेपालबाट कम्युनिष्ट शासनको अन्त्य गर्न तथा कम्युनिष्टलाई नै देशबाट पतन गर्न आन्दोलन मात्रै गरेर नपुग्ने भएकाले जनआन्दोलनका लागि समेत तयार रहन सबैलाई आग्रह गरे ।

कम्युनिष्टको ज्यादतीका कारण जनताले बारम्बार दुःख पाईरहेकाले कम्युनिष्ट शासनको अन्त्यका लागि सबैले एक हुनुपर्ने उनले बताए । ‘कम्युनिष्ट सरकारले दलित, महिला तथा निमुखा बर्गलाई प्रयोगमा ल्याइ अहिले अलपत्र छोडेको छ’, नेता बलायरले भने, ‘केपी सरकारले चुनाबको नौटंकी गरिरहेको छ ।’

अहिलेको सरकारमा बसेका मन्त्रीहरुले कोरोनाका कारण मृत्यु भएका लास माथि समेत कमिसन खाएको नेता बलायरले बताए । ‘जनताले तिरेको कर माथि कम्युनिष्ट सरकारले रजाई गरिरहेको छ ।’

बलायरले भने, ‘यो सरकारले जनताको सुख सुबिधा सबै यो सरकारले खोसेको छ ।’ जनताको सुख सुबिधा खोसेर खाने जनताको ठुलो सत्रु हुन् । नेता बलायरले भने, ‘कांग्रेसलाई जनताले ताकत दिए कांग्रेसले जनतालाई जीवन दिनेछ ।’

सुखी नेपाली समृद्ध नेपालको नाराको ठिक उल्टो भइरहेको बताउँदै नेपाल अहिले सबैभन्दा भ्रष्ट देशको रुपमा चिनिएको बलायरले भने, ‘यो सरकार गाउँदेखि केन्द्रसम्म भ्रष्टाचारमा लिप्त भइरहेको छ ।’ कम्युनिष्ट पार्टी जनताको नभइ स्वार्थ र आफ्नाका लागि मात्रै भएको उनले बताए ।

कांग्रेस पूर्बीचौकी गाउँपालिका कमिटीका सभापति नवराज खड्काको अध्यक्षतामा भएको बिरोध सभामा बोल्दै कांग्रेस महासमिति सदस्य प्रसिस महराले अहिलेको सरकारले चालेका जनबिरोधी कार्यहरुको बिरुद्धमा सबै महिलाहरुले एक भएर लाग्नुपर्ने बताइन ।

दलित समुदायको शोषणमा कम्युनिष्टहरु लाग्ने गरेकाले आफु कांग्रेसमा लागेको बताउँदै कांग्रेसका नेता डम्बर बिकले भने, ‘कम्युनिष्टमा आफुले लगाएको १४ बर्ष खेर गएको छ ।’

बिरोध कार्यक्रममा, जिल्ला सदस्य कुबेर खड्का, पुर्व क्षेत्रीय सभापति बम कठायत,स्मृति चुनारा, लक्षिराम कुवर,रेसम बिक्रम खड्का लगायतले मन्तब्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ