arrow

प्रदीप पौडेलको प्रश्न: ‘संविधानको अन्तिम व्याख्या गर्ने ओली ग्याङ्गले हो कि सर्वोच्चले ?'

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
pradip_paudel.jpg

काठमाडौं । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । यसै क्रममा सत्तापक्षबाट न्यायालयलाई प्रभावित गर्न खोजेको आरोप लागिरहेको छ ।

कांग्रेस नेता प्रदीप पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदममाथि साथ दिने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङमाथि प्रश्न उठाउँदै सामाजिक संजालमा आफ्नो अभिब्यक्ति दिएका छन् ।

आइतबार विहान नेता पौडेलले प्रश्न गर्दै लेखेका छन– ‘संविधानको अन्तिम व्याख्या गर्ने ओली ग्याङ्गले हो कि सर्वोच्च अदालतले ?’

नेता पौडेल लेख्छन : ‘दुई जिब्रो, पहिला नम्र बोली, अहिले ओली–ओली। संविधानसभामा अध्यक्ष भएका व्यक्तिलाई संविधानले दिएको अधिकार कति हो ? भन्ने सामान्य ज्ञान पनि हुँदैन ? एक वर्ष अगाडी आफैंले बोलेको कुराले गिज्याएन र ? कम्रेड ! संविधानको अन्तिम व्याख्या गर्ने ओली ग्याङ्गले हो कि सर्वोच्च अदालतले ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ