arrow

नेपालीको हक र अखण्डतालाई कांग्रेसले मात्र रक्षा गर्न सक्छ भने सबैलाई लागेको छ –दिव्यमणी राजभण्डारी

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
divyamani-rajbhandari5.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता दिव्यमणी राजभण्डारीले संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले शनिबार बुढानीलकण्ठ नगरसमितिद्धारा आयोजित विरोधसभा कार्यक्रममा बोल्दै अदालतबाट न्याय पाउनेमा आशावादी भएको समेत बताए । 

नेता राजभण्डारीले सत्ता स्वार्थका लागि अवैधानिक तरिकाबाट संसद विघटन भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रावधानमै नभएका धाराको प्रयोग गरी संसद विघटनको सिफारिस गरेकामा राष्ट्रपतिले स्वीकृत गर्नु दुःखदायी भएको बताए । 

उनले यो कामचलाउ सरकार हो कि नियमित सरकार हो भन्दै यसको व्याख्या गरिनु पर्नेमा जोड दिए । उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणका क्रममा भारतले एउटा कामचलाउ सरकारको मन्त्रीको जस्तै व्यवहार गरेको बताए । 

संयुक्त बैठक बाहेक अरु केही पनि ज्ञवालीले गर्न नसकेको भन्दै अहिलेको परिस्थितिमा विदेशीहरुको हस्तक्षेप बढिरहँदा कामचलाउ सरकार झन् निरीह देखिएको उनले बताए । 

ओली सरकारले राष्ट्रिय सुरक्षा नीति के हो भनी जनतालाई जानकारी नगराएको भन्दै दुःख पोखे । शक्तिहरुको चलखेलबाट कसरी सुरक्षा नीति सफल हुन सक्छ ? भनी उनले प्रश्न गरे । जनताको हकहितको निम्ति सरकार कसरी जाँदैछ भनी सोच्नु परेको उनले बताए । 

अब सत्ता सम्हाल्ने काम कांग्रेसको हो भनी भन्न थालिएको अवस्थामा जनताको स्वार्थ, नेपालीको हक र अखण्डतालाई नेपाली कांग्रेसले मात्र रक्षा गर्न सक्छ भने सबैलाई लागेको बताए । 

कांग्रेस सधै एक भई देश र जनताको रक्षार्थ जानुपर्नेमा उनले जोड दिए । उनले कसैको लोभमा कांग्रेस फस्न नहुने पनि बताए । कम्युनिष्टहरुले केसम्म गर्न सक्दोरहेछन् त भनी देखाइदिएको पनि उनले स्पष्ट पारे । 

पार्टीभित्र अल्पमत र बहुमतको कुरा नगरी देश विकासका लागि लाग्नुपर्ने पनि नेता राजभण्डारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ