arrow

बालुवाटारभित्र बसेर षड्यन्त्र गर्ने सरकारलाई सडकबाटै ठेगान लगाउँछौं : जोशी

सर्वोच्चबाट मन्त्रीपरिषद्को फाइल गायब गरिनु अर्को विडम्वना : पाण्डे

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
neta-joshi.jpg

पोखरा । कांग्रेस नेता नवीन्द्रराज जोशीले बालुवाटारभित्रै बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । आइतबार पोखरामा पत्रकारसंग कुरा गर्दै नेता जोशीले यस्तो चेतावनी दिएका हुन् ।जनताका भावनासंग खेलवाड गर्ने अधिकार कुनै पनि सरकारलाई नभएको भन्दै नेता जोशीले अहिलेको मुलुकको संकट सजिलै पार नलाग्ने स्पष्ट पारे ।

नेकपाको सरकार बनेको दिनदेखि नै मुलुकको लोकतान्त्रिक प्रणालीलाई सिध्याउने काम भएको बताए । जनताको जीवनस्तर झनै कष्टकर बन्दै गएको भन्दै नेता जोशीले प्रधानमन्त्रीले शून्य भ्रष्टाचार भन्ने गरेपनि अगाडि अंक एक लेख्ने र पछाडि सकेजति शून्य थप्दै जना नीति लिएको आरोपसमेत लगाए ।

‘कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,’ जोशीले भने, ‘सरकार संसदबाट भाग्यो, संसद् विघटन गरेर संविधानमाथि बलमिच्याइ गर्यो, बालुवाटारभित्र बसेर षड्यन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौं, हेक्का रहोस् ।’

उनले सरकारलाई हावादारीको संज्ञा पनि दिए । ‘मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,’ उनले भने, ‘सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।’ त्यसैले वर्तमान सरकार विरुद्ध अव कांग्रेस सडकबाटै अगाडि बढ्ने बताए ।

जनतालाई ऋणको भारी बोकाउँदै आफू यति र ओम्नीको भारी बोक्ने सरकार जनताको सरकार नभइ गिरोहको सरकार रहेको उनको आरोप लगाए । उनले सबैको आँखा सर्वाेच्चतिर रहेको न्यायमूर्तिले संविधान र कानून अनुसार फैसला सुनाउनेमा विश्वस्त रहेको समेत बताएका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डेले देश कता जान्छ भन्ने सोच्दै नसोची प्रधानमन्त्रीले संसद विघटना गर्ने निर्णय लिनु विडम्वना भएको बताए ।

सर्वोच्चबाट मन्त्रीपरिषद्को फाइल गायब गरिनु अर्को विडम्वनायुक्त काम भएको भन्दै उनले नेपालको राजनीतिमा ठूलो विखण्डन आएको स्पष्ट पारे । ओलीका सबै गतिविधि सच्याउन कांग्रेस सडकमा आएको भन्दै उनले फिर्ता नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिए ।

पार्टीका केन्द्रीय सदस्य जीवन परियारले कांग्रेस चरणवद्ध आन्दोलनमा होमिएको भन्दै अब ओलीलाई सडकमा नल्याई विश्राम नलिने स्पष्ट पारे ।

कार्यक्रम कास्की कांग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ