arrow

शबरीलाई श्रीरामले सुनाएको नवधा भक्ति के हो ?

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
bhilini.jpg

काठमाडौं । भिलनी (शबरी) जातमा अछूत थिइन्, यसकारण उनि रातमा लुकेर ऋषिहरुको बाटो सफा गरेर गोबरले लिप्थिइन् र स्वच्छ बनाउथिन्। एकदिन मतंग ऋषिका शिष्यहरुले उनलाई देखे र ऋषि सामु उपस्थित गराए।

मतंग ऋषिले भने,'भगवत भक्तिमा जाति कुनै बाधा हुनसक्दैन। शबरी पवित्र र  शुद्ध छिन्। उनि माथि लाखौं ब्राह्मणहरुको धर्म कर्म न्योछावर छ।' सो सुनेर सबै चकित भए । शवरीको अथाहा भगवान प्रेम देखेर मतंग ऋषिले भिलनी (शबरी)लाई  भने, 'एक दिन भगवान श्रीरामले तिमिलाई दर्शन दिनुहुनेछ।'  

भिलनी (शबरी) भित्र साचो भावना थियो उनि सोच्थिइन् मेरो कुटिमा भगवान आउनुहुनेछ र मलाई दर्शन दिनुहुनेछ। भिलनीको यस्तो निष्काम भावनाबाट प्रभावित भइ प्रभुले उनलाई दर्शन दिनुभयो ।

आज त मानिसहरु कामना लिएर हिड्छन्। भगवानसँग यो माग्नेछु त्यो माग्नेछु भनेर। भिलनी प्रभुको सेवाको अवसर प्राप्त होस भन्ने चाहन्थिन् उनलाई अन्य केहि चाहिएको थिएन। उनको यो निष्काम भावना यति पवित्र थियो कि भगवानले उनलाई अपनाउनुभयो ।

रामचरितमानसका अनुसार तब भगवान राम शबरीलाई भन्नुहुन्छ
नवधा भगति कहउं तोहि पाहीं। सावधान सुनु धरु मन माहीं॥
प्रथम भगति संतन्ह कर संगा।दुसरि रति मम कथा प्रसंगा॥

श्रीराम भन्नुहुन्छ, 'शबरी म तिमिलाई नवधा भक्तिको ज्ञान सुनाउन जादैछु। हे शबरी सन्तहरुको संगति गर्नु पहिलो भक्ति हो र दोस्रो भक्ति प्रभुको सत्संग सुन्नु हो। मेरो कथाहरु र भजनमा मग्न हुदै त्यसैमा लीन हुनु हो। त्यसैले तिमिले सन्तहरुको शरणमा जानुपर्नेछ र प्रभुको सत्संग सुन्नु पर्नेछ।

गुरु पद पंकज सेवा तीसरि भगति अमान।
चौथि भगति मम गुन गन करइ कपट तजि गान॥

बिना कुनै कुराको गर्व गर्दै आफ्नो गुरुको निरन्तर सेवा गर्नु तेस्रो भक्ति हो। चौथो भक्ति मनबाट कपट निकालेर मेरो नै गुण समूहको गान गर।

मंत्र जाप मम दृढ़ बिस्वासा। पंचम भजन सो बेद प्रकासा॥
छठ दम सील बिरति बहु करमा। निरत निरंतर सज्जन धरमा॥

आफ्नो ह्रदयमा विश्वाससँग मेरो नामको निरन्तर जप गर्नु पांचौ भक्ति हो। छैंठौ भक्ति हो आत्म नियन्त्रण, राम्रो चरित्र र सधै साँचो धार्मिक व्यक्तिको रूपमा कर्तव्यहरुको पालन गर्नुपर्नेछ।

सातवँ सम मोहि मय जग देखा। मोतें संत अधिक करि लेखा॥
आठवँ जथालाभ संतोषा। सपनेहुं नहिं देखइ परदोषा॥

सम्पूर्ण संसारलाई भगवानको रूपमा देख्नु सातौ भक्ति हो र संतजनलाई भगवानभन्दा माथिको पद दिनुपर्नेछ। आठौं भक्ति हो जति पाइन्छ त्यसैमा सन्तुष्ट हुनु। सबै इच्छाको कामना छोडेर सपनामा पनि कुनै नराम्रो नसोच्नु।

नवम सरल सब सन छलहीना। मम भरोस हिय हरष न दीना॥

एक सानो बच्चा जस्तै बनेर आफूलाई पूर्ण रुपमा भगवानलाई सुम्पिनु र आफ्नो हरेक कार्य र जीवन चलाउने बिन्ती भगवानसँग गर्नु नवौ भक्ति हो। जब सम्पूर्ण जगतको रचयिताले तिम्रो जीवन चलाउनेछ तब कुनै दुख जीवनमा कहिले आउन सक्नेछैन ।

नव महुं एकउ जिन्ह कें होई। नारि पुरूष सचराचर कोई॥
सोइ अतिसय प्रिय भामिनी मोरें। सकल प्रकार भगति दृढ़ तोरें॥

श्रीरामचन्द्र महातपस्विनि माता शबरीसँग भन्नुहुन्छ,'यी भक्तिहरु मध्ये एक पनि कसैसँग भए त्यो प्राणी मलाई प्रिय हुनेछ। तिमिमा त यी सबै भक्ति छ । तिमि धन्य छौ शवरी ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ