arrow

बामदेव गौतमले किन लुकाए ‘उपाध्यक्ष’ पद ?

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
bamdev1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले ‘उपाध्यक्ष’ पद लेख्न छाडेको पाइएको छ ।

पार्टी विभाजन भएपछि तटस्थ देखिएका गौतम तेस्रो कित्ता निर्माण गर्ने अभियानमा जुटेका छन् ।

उनी ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’को संयोजक छन् । सोही अभियानका नाममा उनले विज्ञप्ति आउने गरेको छ । विज्ञप्तिमा उनले उपाध्यक्ष नलेखी अभियानको संयोजक भनेर आफ्नो पद प्रष्ट्याउने गरेका छन् ।

पुस २५ गते पार्टी एकताको अभियान थालेको जनाउ दिने अपिलमा उनले ‘संयोजक’ लेखेका थिए । उपाध्यक्ष लेख्न रुचाएको पाइएन ।

त्यसपछि माघ २ गते गौतमले मेडिसिटी अस्पतालमा निधन भएका रोहिणी भट्टराईलाई श्रद्धान्जली व्यक्त गर्न जारी गरिएको समवेदना पत्रमा पनि उपाध्यक्ष पद लुकाए । उनले आफूलाई नेपाल कम्युनिष्ट पार्टी मात्र भनेर चिनाउन खोजिरहेका छन् ।

प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएपनि गौतमको उपाध्यक्ष पद ओली र प्रचण्ड-माधव पक्षले खोसेको छैन ।

विधानत उनी उपाध्यक्ष नै छन् तर उपाध्यक्ष भनेर आफूलाई चिनाउन नचाहेको विषय निकै रहस्यमय र अर्थपूर्ण मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ