arrow

राष्ट्रको जिम्मेवारीबाट काँग्रेस पछि हट्दैन : पौडेल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
224240671.jpeg
काठमाडौं । काँग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले राष्ट्रको जिम्मेवारीबाट नेपाली काँग्रेस कहिल्यै पछाडि नहट्ने बताएका छन् ।  काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले राजधानीमा गरेको ‘वेग स्मारीका’को विमोचन समारोहमा बोल्दै कार्यबाहक सभापति पौडेलले नेपाली काँग्रेसको आधारभूमि तराई भएको भन्दै मधेसी जनताको भावनालाई समेटेर अगाडि बढ्न काँग्रेस कटिबद्ध रहेको बताए । पौडेलले भने,–हामी मधेसी नेता र सरकारको मध्यस्थता गरेर अगाडि बढ्छौँ ।’ 
 
नेता पौडेलले नेपाली काँग्रेस राष्ट्रवादी शक्ति भएकाले मुलुकलाई जोगाउने प्रमुख जिम्मेवारी नेपाली काँग्रेसको काँधमा रहेको प्रष्ट्याए । संविधान निर्माण हुनु ऐतिहासिक हो भन्दै कार्यबाहक सभापति पौडेलले मधेसका जायज मागलाई संशोधनमार्फत टुङग्याउन सकिने धारणा राखे । सरकार गम्भीर भए मधेसको समस्या तत्काल समाधान हुने पौडेलको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ