arrow

नेकपा नेपाल–प्रचण्ड समूहमा पदाधिकारी छान्न सकस

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
nepal-dahal.jpg

काठमाडौं । नेकपा नेपाल–प्रचण्ड समूहमा पदाधिकारी छान्न सकस परेको छ । अध्यक्ष माधव नेपाल संयोजकत्वमा बनेको एकता कार्यदलले पूर्व एमाले र पूर्व माओवादीलाई पार्टी एकताकै अवस्थामा रहेको पोर्टफोलियो दिनेगरी बनाइएको मापदण्डले पदाधिकारी छान्न सकस परेको हो । पूर्व एमालेबाट पार्टी उपाध्यक्ष, महासचिवसहित बहुमत सचिवालय सदस्य रहेका कारण पूर्व माओवादीलाई पनि पदाधिकारी दिनुपर्ने आवाज उठेपछि मापदण्ड अनुसारको पदाधिकारी छनौटमा सकस परेको हो । अध्यक्ष प्रचण्ड आफू नेपाल कार्यदलप्रति सहमत हुन नसकेको बताइएको छ ।

कार्यदललमा पूर्व माओवादीबाट ६ जना पूर्व एमालेबाट ६ जना गरी १२ जनाको समिति बनाइएको थियो ।सो समूहको स्थायी समिति बैठक आज पनि पेरिसडाडामा बस्दैछ । ओलीगमनको विरुद्ध सुरु गरेको सडक संर्घषको दोस्रो चरणका कार्यक्रम सशक्त बनाउने र आगामी माघ ९ गते र १६ गते काठमाडौंमा हुने विरोध सभामा एक लाख मानिसको उपस्थिति गराउने विषयमा स्थायी समिति बैठक केन्द्रीत हुने नेताहरुले बताएका छन् ।

यसअघिको बैठकमा ओलीलाई सोधिएको स्पष्टिकरण र महासचिवलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णयलाई औपचारिता दिने तयारी भएको छ।  

स्थायी कमिटी सदस्य बेदुराम भूषालले पछिल्ला वैठक प्रधानमन्त्री केपी ओलीको पक्षको रणनीतिका बारेमा पनि समीक्षा गर्दै ओलीलाई थप अनुशासनको कारबाही गर्ने विषयमा पनि केन्द्रीत भएको बताएका छन् । यसको संकेत हिजोकै एक सार्वजनिक कार्यक्रममा अध्यक्ष माधव नेपालले गरिसकेका छन् ।

त्यस्तै बैठकमा नेताहरुको कार्यविभाजन, पार्टी एकताका बाँकी कामहरुको पूर्णतालगायतका विषयमा पनि अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित कार्यदलको रिपोर्टका आधारमा छलफल हुनेछ । कार्यदलले स्थायी समितिमा योसम्बन्धी रिपोर्टमा पनि छलफल राख्ने तयारी पनि छ । हिजोको छलफलमा प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा बिफ्रिड गरेका थिए भने अध्यक्ष नेपालले आफनो प्रतिवेदन बुझाएका थिए । नेकपाको यो समूहले राजधानीमा एउटा ठूलो आमसभा गरेको भएपनि त्यसपछि भने राजधानी भेला बाहेक केही गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ