arrow

पूर्व लडाकुलाई ओली पक्षमा पार्न अहोरात्र खटिदै बादल

सोमबार केहि पूर्व लडाकुलाई ओली समुहमा ल्याउँदै

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
kp-oli-and-ram-bahadur-thapa-badal.jpg

काठमाडौं । सत्तारुढ दल विभाजन नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेका पूर्वमाओवादीका कमाण्डर रामबहादुर थापा ‘बादल’ पूर्व लडाकुहरु एक ठाउँमा ल्याउन लागेका छन् । आफ्नो नयाँ गुट निर्माणका साथ अघि बढ्न उनी विगतमा असन्तुष्ट रहेका लडाकुहरुलाई आफ्नो पक्षमा ल्याउने क्रममा पूर्व लडाकु र बर्हिगमित लडाकुहरुको संकलनमा जुट्दै एक ठाउँमा ल्याउन लागेका हुन् । बादल सचिवालय स्रोतका अनुसार अहिले बादलले मन्त्रि क्वार्टरमा पूर्व लडाकुहरुलाई बोलाएर छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओली समूहका केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी र विभिन्न विभागमा राख्न गरी कार्ययोजना गरिरहेका छन् ।

टोपबहादुर रायमाझी, मणी थापा, लेखराज भट्ट, दावा लामासहित ओली समूहमा पुगेका बादलले सोमबार दिउसो सोलुखुम्बूका केही युवा पूर्व माओवादीलाई ओली समूहमा ल्याउदैछन् । यो अभियान देशव्यापी रहने समेत उनको सचिवालयले जनाएको छ । ओलीले पनि काठमाडौ जिल्ला स्तरीय भेला र काठमाडौ क्षेत्र नं १ देखि धेरै स्थानमा बादललाई एक्सपोज गराइराखेको अवस्थामा ओली समूहकै नेताको रुपमा स्थापित गराएर प्रचण्डलाई काउण्टर दिने रणनीति लिएका छन् । ‘बादलले जो जो नेता ल्याएपनि ओलीले आँखा चिम्लेर समर्थन गर्ने र कमिटीमा राखिनेछ’, वालुवाटार निकट स्रोतले भन्यो । पहिला पनि बादलले भनेका सबै मानिसलाई ओलीले समर्थन गर्दै आएका थिए । सग्लो रहेको नेकपामा बादल समूहका ३७ जना केन्द्रीय सदस्य र प्रदेश र जिल्लामा पनि उनी समूहका धेरै नेताहरुलाई समावेश गरिएको थियो । तर बादलले ती कुनै पनि नेताहरुलाई ओलीतिर जाउ नभनि स्वविबेक प्रयोग गर्न छुट दिएका थिए । अहिले उनी नयाँ साथीहरुलाई ओली समूहमा ल्याएर आफू नेता हुने कोसिसमा लागेका हुन् ।

गत ५ पुुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै पार्टी विभाजनको मुखमा पुगेको हो । नेकपा विभाजनसँगै बादल ओलीको कित्तामा जानुलाई कतिपयले गृहमन्त्रीको पदमा बसिरहने लोभको रुपमा लिएको भएपनि बादलले भने प्रचण्डको मिचाह प्रवृत्तिबाट बाहिर आएको उनको सचिवालयले जनाएको छ । बादल २०६९ सालमा एकीकृत नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा माओवादीमा गएका थिए । विभाजनको करिब चार वर्षपछि २०७३ जेठमा बादल फेरि किरण समूहका बहुमत केन्द्रीय सदस्य आफूसँगै लिएर प्रचण्ड नेतृत्वको पार्टीमा पुगेका हुन् । अहिले भने उनी आफ्नो टीममा कुनै पनि उच्च तहको नेताको साथविनै ओली समूहमा पुगेका छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी छाडेर प्रचण्ड नेतृत्वको एनेकपा माओवादीमा आउँदा बादललाई साथ दिएका देव गुरुङ, पम्फा भूसाल, हितमान शाक्य, कुलप्रसाद केसी, महेश्वर दाहाल, सूर्य सुवेदीसहितका ३६जनाले भने बादलको साथ छाडेका छन् ।

अहिले भने बादलले विवादास्पद पूर्व लडाकू डिभिजन कमाण्डर कालीबहादुर खाम, धनबहादुर मास्की, बालकृष्ण ढुंगेल लगायतलाई समेटेर ओली समूहको नेतृत्व तहमा पुर्याउन खोजेका छन् । ढुंगेलचाहि केन्द्रीय सदस्य भैसकेका छन् भने खाम र मास्की केन्द्रीय सदस्यको लाइनमा रहेका छन् । १० बर्षे युद्ध लडेका लडाकुले संगठित हुनुपर्ने आवश्यकता देखेर देशव्यापी अभियान संचालन गर्नका लागि तत्कालीन माओवादीका बिग्रेडियर कमाण्डर टंकबहादुर घर्ती मुनाल, कलबहादुर नाथ, पदम लामा पनि बादल समूहमा लाग्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ