arrow

राधाको स्मृतिमा २ लाखको अक्षयकोष स्थापना

हरेक वर्ष एक जना पत्रकारलाई राष्ट्रिय पुरस्कार

logo
सन्जय भट्टराई
प्रकाशित २०७७ माघ ४ आइतबार
radha-cancer-foundation.jpg

कावासोती । पत्रकार राधा बस्यालको स्मृतिमा अक्षयकोष स्थापना तथा राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कारू घोषणा गरिएको छ । आईतवार पूर्वी नवलपरासीको कावासोती २ सिमलघारीमा प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराईएको हो ।

स्वर्गीय पत्रकार राधा बस्यालले स्थापना गरेर संचालनमा आएको प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसनको मातहतमा रहने गरि स्वर्गीय पत्रकार बस्यालको परिवारले २ लाख राशीको राधा स्मृति अक्षय कोष स्थापना गरेको पत्रकार बस्यालका भाइ एवं प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले पत्रकार सम्मेलनमा जानकारी गराए । 

त्यसैगरि राधा स्मृति अक्षयकोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट हरेक वर्ष २० हजार रुपिया राशी रहने गरि 'राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार ' वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराईको हो ।

हरेक वर्ष माघ ४ गते पुरस्कारका लागि आवेदन आव्हान गरिने र प्राप्त आवेदनबाट फाउन्डेसनको पुरस्कार छ्नौट समितिले छ्नौट गरे पछि राधाको जन्म जयन्ती फागुन ९ गतेका दिन हरेक वर्ष पुरस्कार वितरण गरिने फाउन्डेसनले जनाएको  छ ।

यसै बिच यस वर्ष २०७७ का लागी पुरस्कारको लागि आवेदन आव्हान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । आवेदन दिन ईच्छुक देशैभरका पत्रकारहरुले यस वर्षको वैशाखदेखि पौषसम्म प्रकाशन प्रसारण भएका क्यान्सर सचेतना र हिंसा विरुद्धका ३ वटा क्यान्सर सम्बन्धि एउटा अनिवार्य समाचार र लेख फागुन ४ गते भित्र पठाउन पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

विस २०४८ मा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । यस वर्षको पुरस्कार आगामी फागुन ९ गते बस्यालको जन्मजयन्तीका अवसरमा वितरण हुने राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष पत्रकार प्रकाश बस्यालले जानकारी दिए । पुरस्कारका लागि फाउन्डेसनले आजैदेखि आवेदन खुलाएको छ । आगामी फागुन ४ गतेभित्र यस वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशित प्रशारित क्यान्सर सचेतना र हिंसा विरुद्धका सामाचार, लेख सामग्रीसहित आवेदन दिन सकिने उनले बताए । तीनवटा सामग्रीमध्ये क्यान्सर सचेचनासम्बन्धी एउटा अनिवार्य हुनुपर्ने छ ।

विवाहलगत्तै घरेलु हिंसाको सिकार भएकी बस्यालले क्यान्सर रोग लागेपछि क्यान्सरसचेतना र घरेलु हिंसाविरुद्ध अभियान चलाएकी थिइन् । उनले राधा क्यान्सर सचेतना फाउन्डेसन संस्था स्थापना गरी पत्रकारिता र अभियानलाई अगाडि बढाएकी थिइन्। पत्रकारिताको माध्यमबाट सामाजिक अभियान र क्यान्सरको सचेतनामा सक्रिय राधाको चाहना बमोजिम नै कोष खडा गरी पुरस्कार दिन लागिएको राधाका बुबा शुभराज बस्यालले बताए । यस्तै राधाले आफू क्यान्सरसँग जुधिरहेका बेला लेखेको पुस्तक पनि प्रकाशनको तयारी गरिएको फाउन्डेसनले जनाएको छ । क्यान्सरसँग जुधिरहेका बेला आफ्नो अनुभव र भोगाइसहित बस्यालले लेखेको पुस्तक प्रकाशन गर्न नपाई उनको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ