arrow

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाइटेडसँग बराबरी खेल्दा चौथोमा झर्यो लिभरपुल

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
liverpool-manchester-united.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेलेको हो ।

घरेलु मैदानमा लिभरपुलले पाएका थुप्रै अवसर खेर फाल्यो । युनाइटेडले पनि केही अवसर गुमायो । घरेलु टोलीेले बल आफ्नो नियन्त्रणमा बढी राखेको थियो । 

यो बराबरीले भने युनाइटेडको शीर्ष स्थान कायमै रहेको छ भने लिभरपुल चौथो स्थानमा झरेको छ । यो बराबरीले सबैभन्दा बढी फाइदा म्यान्चेस्टर सिटीलाई भएको छ । 

अन्य खेलको नतिजा
आइतबार राति भएका अन्य खेलमा शेफिल्ड घरेलु मैदानमा पराजित भएको छ । शेफिल्ड टोटनह्याम हट्सपरसँग पराजित भएको हो । खेलमा शेफिल्ड ३–१ गोल अन्तरले  विजयी भयो । 

त्यस्तै म्यान्चेस्टर सिटीले गोलको वर्षा गरेको छ । सिटीले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरको पराजित गर्यो । 

जोन स्टोन्सले २ तथा इल्के गुन्डोगान र रहिम स्टर्लिङले १–१ गोल गरे । 

अंक तालिका
१८ खेलबाट ३७ अंकसहित म्यान्चेस्टर युनाइटेड शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटी १७ खेलबाट ३५ अंकका साथ दोस्रो स्थानमा छ । 

लेस्टर सिटी १८ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिभरपुल १८ खेलबाट ३४ अंकसहित चौथो स्थानमा छ । 

पाँचौं स्थानको टोटनह्यामको १८ खेलबाट ३३ अंक रहेको छ । फुल्हम, वेष्टब्रोम र शेफिल्ड रेलिगशेन क्षेत्रमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ