arrow

पुटिनका आलोचक नाभाल्नी पक्राउ

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
navalny-russian.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक विपक्षी नेता अलेक्सी नाभाल्नी पक्राउ परेका छन् । जर्मनीमा उपचार गराइरहेका उनी मृत्युको मुखबाट बचेर जर्मनीबाट रुस फर्के लगत्तै पक्राउ परेका हुन् । 

४४ वर्षीय नाभाल्नी मस्को फर्कने सूचना पाएपछि उनका हजारौं समर्थकहरु मस्को विमानस्थलमा भेला भएकै बेला नाभाल्नी चढेको विमान अन्य विमानस्थलमा अवतरण गराई नियन्त्रणमा लिइएको हो ।

नाभाल्नी सवार विमान रुसको भानुकोभ विमानस्थलमा अवतरण गर्ने तालिका रहे पनि चालकले प्राविधिक कारण भन्दै रुसको सेरेमेतिभो विमानस्थलामा अवतरण गराएका थिए ।

नाभाल्नीले आफूलाई राष्ट्रपति पुटिनको निर्देशनमा मन्द विष दिएको आरोप लगाउँदै आएका थिए । नाभाल्नी गत अगष्ट २० मा रुसको साइबेरियाबाट मस्को फर्कदै गर्दा विमानमै गम्भीर विरामी भएका थिए ।

त्यसको दुई दिनसम्म साईबेरियाकै ओम्स्क शहरमा उपचार गराएपछि जर्मनीको एउटा च्यारिटी संस्थाको सहयोग र समन्वयमा नाभाल्नीलाई कोमामा रहेकै बेला बर्लिन ल्याइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ