arrow

कहिले निस्कने भो एसएलसीको रिजल्ट ?

logo
प्रकाशित २०७३ असार १ बुधबार
slc.jpg.jpeg
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ। लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ। 
 
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए। परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभित्र परीक्षाफल प्रकाशति गर्ने जानकारी गराएका थिए। एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ - पहिलो लेटरग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो परीक्षा ऐतिहासिक हुने भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ