arrow

केही नेताको अभिब्यक्ति अदालतलाई तर्साउने र संविधानको हत्या गर्ने किसिमको : कमल थापा

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
kamal_thapa.JPG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले केही नेताको अभिब्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्नेतर्फ उद्यत भएको बताएका छन् । 

सोमबार सामाजिक संजालमार्फत उनले लेखेका छनः ‘संविधानमा रहेका अस्पष्टतारविवाद निरूपणगर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा 'प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं’भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको देखिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ