arrow

नेपालमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस कति खतरनाक ?

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
corona_vairous.jpg

काठमाडौं । दक्षिण, अफ्रिका, बेलायत, अमेरिका, भारतलगायतका देशमा कोरोना भाइरसको नयाँ स्वरुप देखिइरहेका बेला नेपालमा पनि तीन जनामा बेलायतमै देखिएको नयाँ स्वरुपको भाइरसको संक्रमण पुष्टि भएको छ ।

बेलायतबाटै आएका तीन जनामा बेलायती स्वरुपको भाइरस संक्रमण देखिएको सोमबार स्वास्थ्य मन्त्रालयले बताएको हो

इण्ल्याण्डको जनस्वास्थ्यले गरेको एक अनुसन्धानबाट यो भाइरसको स्पाइक प्रोटिन (बाहिरि भाग जुन मानिसको शरिरमा भएका कोषमा मिल्छ र संक्रमित बनाउँछ)मा फेरबदल भएको पुष्टि गरेको थियो । नयाँ स्वरुपमा स्पाइक प्राटिन फेरिएकै कारण संक्रमण गर्नसक्ने क्षमता बढी भएको हो ।

उक्त अध्ययनले यो भाइरस पहिलेको कोरोना भाइरसको तुलनामा ७० प्रतिशत बढी संक्रामक भएको पुष्टि गरेको छ । नेपालमा पनि यो नै भेरियन्ट पुगेके स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

यो भाइस बढी संक्रामक भए पनि बढी शक्तिशाली अथवा बढी बिरामी पार्ने किसिमको भने देखिएको छैन । केही दिनअघि बेलायतमै सार्वजनिक भएको एक अध्ययनले नयाँ स्वरुपबाट संक्रमित हुनेमा कुनै बढी स्वास्थ्य समस्या नदेखिएको बताएका छन् ।

नेपालका जनस्वास्थ्य विज्ञ डा. समिरमणी दिक्षितले भाइरसको नयाँ स्वरुपको संक्रमण देखिए पनि आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । उनले नयाँ स्वरुपको भाइरस बढी संक्रामक रहेको तर, कडा नरहेको बताएका छन् ।

डा. दिक्षितले भनेका छन्, ‘यो बढि संक्रामक छ, तर थप कडा छैन ।  बेलायतमा देखिएको २ महिना बितिसक्यो, भारत लगायत अनेकौं देशमा १।  भ्याक्सिन र परिक्षणमा असर छैन ।  सावधानी उहि-मास्क अनि दुरि ।’

यद्यपी, यो विषयमा अहिले स्पष्ट प्रमाण भने जुटेको छैन् । भाइरसको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्नसक्ने किसिमले खोपहरु भने विकास भइरहेको खोप कम्पनीले बताउँदै आएका छन् । कुनै भेरियन्टलविरुद्ध खोप प्रभावकारी नभएमा खोपलाई सुधार गरिने कम्पनीहरुले बताएका छन् ।

नेपालमा पनि कोरोनाको नयाँ स्वरुप, तीन जनामा संक्रमण पुष्टि



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ