arrow

'ओलीले नियम र विधि नमान्दा पार्टी विभाजित भयो'

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
prachanda23.jpg

काठमाडौँ ।  प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा भेलालाई सम्बोधन गर्दै  उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन आन्दोलनमा उत्रनाको विकल्प नभएको स्पष्ट गरे ।
 
अध्यक्ष दाहालले भने, “जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि रक्षाका लागि सङ्घर्षमा होमिनुको अहिलेको आवश्यकता हो ।” उनले प्रधानमन्त्री ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धि खतरामा परेको टिप्पणी गरे ।
 
पूर्वप्रधानमन्त्री दाहालले पार्टीभित्रको विवाद लिएर पदसँग जोडेर हेर्ने गरिएकामा आपत्ति जनाउँदै पार्टीभित्र विधि र विधानको मात्र विवाद भएको बताए । “प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेर सङ्कटको अवस्था आएको हो”, उनले भने । उनले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि नमानेको कारण अहिलेको स्थिति आएको बताए ।  पार्टी एकता हुँदा जारी राजनीतिक प्रतिवेदन नै एकताको आधार भएको उल्लेख गर्दै उनले भने, “  नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।”
 
अनेमसङ्घका सहइञ्चार्ज कमला रोकाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत उपलब्धि ल्याउन महिलाको भूमिका उल्लेख्य रहेको बताउँदै सरकारको कदमविरुद्ध लड्न फेरि पनि महिला तयार हुनुपर्नेमा जोड दिइन् ।
भेलाले अनेमसङ्घका संयोजकमा अमृता थापा र सहसंयोजकमा जयन्ती राईलाई चयन गरेको छ । अनेमङ्घले प्रतिनिधिसभा विघटनविरुद्ध मङ्गलबार राजधानीमा र्‍याली निकाल्ने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ