arrow

चेतन शक्तिलाई जान्नु नै सत्यलाई जान्नु हो

logo
ज्ञान,
प्रकाशित २०७७ माघ ५ सोमबार
truth.jpg

काठमाडौं ।  यो श्वासरूपी ईन्धन खर्च भईरहेको छ, यो जुन अमूल्य श्वाँस खर्च भईरहेको छ यो फेरि तपाईंले फिर्ता पाउँनु हुँनेछैन। चाहे औषधि खानुहोस्, चाहे डाक्टर-वैद्यको परामर्श लिनुहोस्, तर यो अमूल्य आयु तपाईंले फेरि पाउँनु हुँदैन। मृत्यु हाम्रो पञ्जामा आउने छैन। यसकारण भनिएको छ -'Time and tide wait for none' अर्थात् लहर र समयले कसैको प्रतीक्षा गर्दैन । अब विचार गर्नुहोस् , यस्तो जीवन जो फेरि प्राप्त हुन सक्दैन, यस जीवनमा कुनै पनि बाटोमा हिंड्नुहोस्, आफ्नो लक्षसम्म पुग्नुहुन्छ भन्ने यो सिद्धान्त के सत्य छ? छैन सत्य नामलाई खोज्नै पर्छ, सत्य मार्गको खोजी गर्नै पर्छ।

यो सत्य हो नदीहरू समुद्र तर्फ बहन्छन्, किनभने यो उसको सिद्धान्त हो। नदीले सिद्धान्तको पालन गर्दछ, यस सिद्धान्तमा कुनै भिन्नता छैन। सिद्धान्त हो-पानी सधै अग्लो स्थानबाट होचो स्थान तिर बहन्छ। समुद्र सबैभन्दा होचो स्थानमा स्थित छ, यसकारण नदीहरू समुद्र तिर बहन्छन्। घरको छानामाथि पानीको ट्याङ्की किन लगाइन्छ? किनभने त्यो ट्याङ्कीबाट पानी स्वतः सबै कोठाहरूका कलमा पुग्दछ। यसैकारण शहर बजारमा ट्याङ्की अग्लो स्थानमा बनाईएका हुन्छन् जहाँबाट सारा शहरमा पानी वितरण गरिन्छ।
 
भन्नुको अर्थ नदीको पानी अग्लो स्थानदेखि होचो स्थानतिर बहँदै समुद्रमा गएर मिल्दछ, किनभने यो उसको एउटा दिशा तथा सिद्धान्त हो। अब तपाईंले भन्नुहोस्, मानिसको जीवनको एउटा सिद्धान्त के हो? त्यो कुन सिद्धान्त हो, जो सबै धर्ममा, सबै मत-मतान्तरमा एकै छ?  जहाँसम्म धार्मिक पुस्तकहरूको प्रश्न छ-धार्मिक पुस्तकहरू अलग-अलग छन्। परम्पराहरू अलग-अलग छन्, भनाई अलग-अलग छ। कसैले भन्छन्-गंगा-स्नान गरेनौ भने नर्क जानेछौ, कसैले भन्छन्-मक्का-मदिनाको यात्रा गरेनौ भने नर्कमा जाने छौ। कसैले भन्छन् तिमीले बाईबल पढेनौ, पापको प्रायश्चित गरेनौ भने नर्क जानेछौ ।

यसप्रकार एकाअर्काको भनाई अनुसार नर्कमा गईरहेका छन् । आखिर स्वर्ग को चाहिँ गईरहेको छ ? एकाअर्काको सिद्धान्त अनुसार सबै नर्क गईरहेका छन् ; सबैले नर्कको ढोका खोलेका छन , यी सबै काम त मानिसहरूले आ -आफ्ना सिद्धान्त अनुसार गरिनै रहेका छन् तर हाम्रा ऋषिहरूले गहिराइमा गएर भने - ' एक सत्यं विप्राः बहुदा वदन्ति ' सत्य एउटै छ । ऋषिहरूले अलग -अलग भाषाहरूमा शब्दहरूमा , विभिन्न भाषाहरूमा धेरै किसिमले सम्झाएका छन् । जसरी  बोल्नाले चीनीको स्वाद बदलिदैन । यस्तै प्रकारले चीनीलाई चाहे जुनै भाषामा बोल्नुहोस त्यसको स्वाद मीठो नै हुन्छ ।  यदि सत्य एउटा छ भने त्यो सत्य के हो ? आफ्नो हृदयभित्र सत्यको अनुभव गर्नु, त्यस चेतन शक्तिलाई जान्न नै सत्य हो ।

एक समयमा रोमलाई कला र संस्कृतिको केन्द्र मानिन्थ्यो। सारा संसारका मानिसहरू रोम जान चाहन्थे, यसैले एउटा भनाई प्रसिद्ध भयो -'All roads lead to Rome' अर्थात् सबै मार्गले रोम पुयाउँछन्, किनभने
प्रत्येक मानिस आफ्नो गाउँ, आफ्नो घरबाट निस्केर रोम जान चाहन्थे। तर, कति यस्ता पनि बाटाहरू हुन्छन् जुन बाटाहरू रोमदेखि बाहिर जान्छन्। अब विचार गर्नुहोस्, हामी यस्तो बाटोमा छौं जो रोमदेखि बाहिर गएको छ, जसले हामीलाई रोमदेखि टाढा लगिरहेकोछ। हामी भने गीत गाईरहेका छौं कि सबै बाटाहरूले रोम पुयाउँछन्। के हामी रोम पुग्न सक्छौं होला? सक्तैनौं, किनभने हामी रोमदेखि टाढा गईरहेका छौं। ठीक यसरी नै हामीले यो विचार गर्नु छ  हामी ईश्वरदेखि टाढा गईरहेका छौं या ईश्वरको नजीक आईरहेका छौं। यसैकारण हाम्रा ऋषिहरूले दुई प्रकारका विद्याको वर्णन गरेका छन्- एउटा अपरा विद्या र अर्को परा विद्या। क्रमश...



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ