arrow

डा.बाबुराम भट्टराईको प्रस्ताव: संघीय राजधानी काठमाडौं बाहिर सारौं

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
baburam2.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १ स्थित ऐतिहासिक महत्व बोकेको कमलपोखरीलाई पुनःनिर्माणका क्रममा मौलिकता मास्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

काम रोक्न पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भएपनि सो को बेवास्ता गर्दै सोमबार साँझ डोजर नै चलाइयो ।

पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको पत्रचारलाई महानगरले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।

यसै सिलसिलामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमलपोखरी निर्माणलाई लक्षित गर्दै काठमाडौं कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने संकेत गरेका छन् । 

मंगलबार विहान सामाजिक संजालमा उनले लेखेका छन-‘विकास र संरक्षण वीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो । तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं ! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं !’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ