arrow

हेटौडा भेट्रान्सको मंगलबारको चारै खेल काठमाडौको पोल्टोमा

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ माघ ६ मंगलबार
hetauda-vetran.JPG

हेटौंडा । मकवानपुरको हेटौंडाको हुप्रचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा मंगलबारको पहिलो खेलमा बौद्ध भेट्रान्स काठमाडौ बिजयी भएको छ ।

बौद्धले एविसी भेट्रान्स पोखरालाई १-० गोल अन्तरले पराजित गरेको हो । बौद्ध भेट्रान्सको तर्फबाट खेलको ३० औ मिनेटमा पासाङ्ग लामाले गरेको गोलनै निर्णायक गोल बन्न सफल भएको थियो ।  खेलको म्यान अफ द म्याच पासाङ्ग लामा भएका छन ।

मंगलबारको दोस्रो खेलमा अभिषेक चर्च नवलपरासी र चाहविल भेट्रान्स काठमाडौं बिचको खेलमा चाबहिल  भेट्रान्स काठमाडौले अभिषेक चर्च नवलपरासि लाई १-० गोल अन्तरले पराजित गरेको छ ।  खेलको १० औ मिनेटमा अजब श्रेष्ठले  गरेको गोलनै  चाबाहिल भेट्रान्स काठमान्डौका लागी निणर्ायक बनेको थियो भने चावहिलकै राजेश शाहि म्यान अफ द म्याच भएका छन  ।

त्यस्तै मंगलबारैको तेस्रो खेलमा  एक्स भेट्रान्स पोखरा र भनिमण्डल भेट्रान्स काठमाडौंबीचको खेलमा भनिमण्डल काठमान्डौ २-० गोल अन्तरले बिजयी भएको छ । भनिमण्डल भेट्रान्स काठमान्डौका लागि शुक्र तामाङले चौथो मिनेटमा र डम्वर बिक्रम शाहले १५ औं मिनेटमा  गोल गरेका थिए  । खेलको म्यान अफ द म्याच शुक्र तामाङ भएका छन ।

त्यस्तै मंगलबारको  चौथो तथा अन्तिम खेल अन्तर्गत सानो गौचरण काठमाडौं र मोरङ भेट्रान्सबीच खेलमा  सानो गौचरण काठमान्डौले मोरङ भेट्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच नरेश श्रेष्ठ भएका छन । सानो गौचरणका लागी ३८ औं मिनेटमा  नितिन गुरङ  र ३९ औं मिनेटमा  नरेश श्रेष्ठले गोल गरेका थिए ।

नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको १० गते फाईनल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ