arrow

शंकर पोखरलको मान्छे भए के हुँदैन ?

अरु थन्किएर बस्दा भरतराज सुवेदीको एकै पटक बढुवा र पदस्थापना

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
shankar-bharat.jpg

काठमाडौं। एक जना सहसचविलाई सरकारले एकै पटक सचिवमा बढुवामा मात्र गरेन, पदस्थापना पनि गर्‍यो । त्यो पनि खोजकै ठाउँमा । आफ्ना मान्छे दाहिना भएपछि के मात्र हुँदैन भन्ने उदाहरण ति सहसचिवको हकमा पनि लागू भएको छ । सचिव वढुवा हुँदा पनि राजनीतिक आस्था नमिलेका कतिपय सचिव हल्लिएर बस्नु परेको छ तर कोहि भने प्रक्रिया मिचेर सचिवमा बढुवा हुँदा पनि रोजेकै ठाउँमा जान पाउँदा दुई हातमा लड्डू लिएर हिडेका छन्। यस्तो विरलै हुने काम भएको छ भरतराज सुवेदीको जीवनमा । 

दाङका भरतराज सुवेदीलाई सरकारले सहसचिवबाट सचिवमा बढुवा गरेको छ । बढुवा समतिले उनको नाम दोश्रो स्थानमा सिफारिश गरेको थियो । पहिलो स्थानमा सुमन अर्याल, दोश्रोमा सुवेदी र तेश्रोमा मुकुन्द पौडेलको नाम सिफारिश गरेको थियो । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा समितिले ३ जनाको नाम सिफारिश गरेको थियो । तर सरकारले दोश्रो नम्बरमा नाम सिफारिश गरिएका सुवेदीलाई बढुवा गरेको छ । 

सरकारले सुवेदीलाई सचिवमा बढुवा मात्र गरेन, एकै पटक सुबेदीले राजेकै ठाउँमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापना गरेको छ । यसअघि, बढुवा गरिएका सचिवलाई ३ महिनासम्म पदस्थापना नगरी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त पदमा थन्काउने गरिदै आएकोमा यो पटक आफ्ना मान्छे भएकै कारण सुवेदी त्यसरी थन्किएर बस्नु परेन। गोकर्णमणि दवाडीलाई ३ महिनासम्म पदस्थापना गरिएको थिएन ।

दाङमा स्थायी घर भएका सुवेदी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका खास मान्छे मात्र होइनन, नातेदार पनि हुन्। सुवेदीले लुम्बिनी प्रदेश चाहेका थिए । उनलाई लुम्बिनी प्रदेशमा प्रमुख सचिव पदस्थापना गर्न सरकारले केही दिन अघि त्यहाँका प्रमुख सचिव तोयानारायण ज्ञवालीलाई लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कार्यालयमा बोलाएको थियो । लुम्बिनी प्रदेशमा प्रमुख सचिव पद खाली गरेर सरकारले सुवेदीलाई बढुवा गरेको हो । 

गत भदौको पहिलो हप्ता सरकारले एकै पटक ६० जना सहसचिवलाई विभिन्न ठाउँमा सरुवा गर्‍यो । त्यसमध्ये सुवेदीलाई लुम्बिनी प्रदेशबाट संघीय सरकारको पर्यटन मन्त्रालयमा सरुवा गर्‍यो । तर सुवेदी सरुवा गरिएको ठाउँमा एक पटक पनि हाजिरी गर्न गएनन् । ५ महिनासम्म अटेर गरी वुटवलमै बसे । खटाएको ठाउँमा नगएका सुबेदीलाई ५ महिना पछि सरकारले उल्टै पुरस्कार स्वरुप प्रक्रिया मिचेर सचिवमा बढुवा गरेका छ । वुटवलमै उनी सहसचिवबाट सचिव पदमा बढुवा भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ