arrow

भरतपुर अस्पतालमा गैंडाकोटका ५५ वर्षीय पुरुषको संक्रमणबाट निधन

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
bharatpur-hospital.JPG

नवलपुर । पुर्वी नवलपरासीमा कोरोना संक्रमणको कारणले थप १ जनाको निधन भएको  छ । जिल्लाको गैंडाकोट नगरपालिका वडा नं १३ बस्ने ५५ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत पौष २३ गते अस्पताल भर्ना भएका १३ बस्ने ५५ वर्षीय पुरुषमा पौष २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भरतपुर अस्पतालको कोभिड आईसियुमा उपचाररत पुरुषको मंगलबार साझ निधन भएको हो । यो सँगै पुर्वी नवलपरासीमा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने जिल्लामा हालसम्म ३१ जना सक्रिय संक्रमित रहेका  जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

त्यसै गरि जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार जिल्लामा कोरोना संक्रमण हुने संख्या २४९७ पुगेको छ भने २४३५ जना संक्रमण मुक्त भएका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ