arrow

आरटीआईको संयोजकमा महरा

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
pawan-mmahara-doti-rti.jpg

डोटी । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल (आरटीआई) को १५ सदस्यीय डोटी समिति गठन गरिएको छ । समितिको संयोजकमा पवन महरा चयन भएका छन् । सहसंयोजकमा सुनिता रावल, सदस्य सचिवमा बिक्रम खड्का चयन भएका छन् । 

सदस्यहरुमा क्रमशः फणीन्द्र साउद, जितेन्द्र बोहरा, चक्र मल्ल, सरिता कठायत, मोहन पनेरू, रेशम खड्का, प्रकाश परियार रहेका छन् । यस्तै सो समितिको सल्लाहकारमा मोहन शाही, योगेन्द्र बलायर र प्रकाश बम रहेका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका संयोजक उमिद बागचन्दले सरकारी कार्यालयसहित स्थानीय तहहरुका सबैखालका सूचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्ने बताए । 

यो सञ्जालले सरकारी कार्यालयहरुका प्रचारमुखी सूचना मात्र नभई बेथितिलाई रोक्ने मुख्य कर्म राखेको छ । हरेक सरकारी कार्यालय तथा संस्थाहरुमा नागरिकले सहज रुपमा पाउने अधिकारलाई सहज पार्ने काम सञ्जालले गर्ने बताए ।

स्थानिय तहमा समेत माघ मसान्तसम्म विस्तार गरिने संयोजक महराले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ