arrow

अमेरिकी राष्ट्रपतिको संक्षिप्त ईतिहास: रिपब्लिकनको अग्रता

रिपब्लिकनबाट १९ र डेमोक्रयाटबाट १७ नेता राष्ट्रपति

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
US-President-data.jpg

काठमाडौं । सन् १७७६ को जुलाइ ४ मा अमेरिका बेलायती साम्राज्यको अधिनमुक्त भएको थियो ।त्यसको करिब ३ वर्षपछि सन् १७८९ को अप्रिल ३० मा जर्ज वासिंगटन पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।

जर्जको पार्टीको विषय खास्सै छुट्याएको पाइदैन् । सन् १७९६ सम्म जर्ज वासिंगटन अमेरिकी राष्ट्रपति रहेका थिए ।सन् १७९७ मा जन एडम्स अमेरिकी राष्ट्रपति बनेका थिए । उनलाई संघिय (फेब्रालिस्ट) पार्टीका राष्ट्रपति भनिन्छ ।

करिब ३ वर्षपछि सन् १८०१ मा डेमोक्र्याट–रिपब्लिकन ( दुबै पार्टी छुट्टिनुअघि) पार्टीका थोमस जेफरसन अमेरिकी राष्ट्रपति बनेका थिए । जेफरसन् सन् १८०८ सम्म पदमा रहेका थिए ।

सन् १८०९ देखि सन् १८१६ सम्म जेम्स मैडिसन अमेरिकी राष्ट्रपति बनेका थिए ।

थोमस जेफरसन र जेम्स मैडिसनले सन् १७९०को दशकमा डेमोक्र्याट–रिपब्लिकन पार्टी खोलेका थिए ।सन् १८१७ देखि सन् १८२४ सम्म जेम्स मुनरो अमेरिकी राष्ट्रपति बनेका थिए ।

त्यसपछि सन् १८२५ देखि सन् १८२८ सम्म जोन क्विन्सी एडम्स राष्ट्रपति पदमा रहे । सन् १८२४ को राष्ट्रपतिय निर्वाचनपछि डेमोक्र्याट–रिपब्लिकन दुई समुहमा विभाजित भयो ।

एकपक्षले राष्ट्रपति जोन क्विन्सी एडम्सलाई समर्थन गर्‍यो भने अर्को पक्षले पार्टीका जेनरल एन्ड्र्यु ज्याक्सनलाई समर्थन गर्‍यो । एन्ड्र्यु ज्याक्सनले लगत्तै डेमोक्र्याटिक पार्टी खोले भने जोन क्विन्सी व्हिग पार्टीसँग मर्ज भए ।

पार्टी विभाजित पछिको सन् १८२८ को निर्वाचन जित्दै डेमोक्रयाटका एन्ड्र्यु ज्याक्सन डेमोक्रयट पार्टीका पहिलो राष्ट्रपति बने ।
सन् १८३६ सम्म ज्याक्सन अमेरिकी राष्ट्रपति रहे । सन् १८३७ मा पनि डेमोक्रयटकै मार्टिन भान ब्युरेन राष्ट्रपति बने । उनी सन् १८४० सम्म राष्ट्रपति पदमा रहे ।

सन् १८३० देखि सन् १८५० सम्म अमेरिकी शक्तिशाली पार्टीका रुपमा स्थापीत भएको व्हिग पार्टीका विलियम हेनरी ह्यारिसन् सन् १८४१ अमेरिकी राष्ट्रपति बने । तर ३० दिनपछि  निमोनियाका कारण उनको मृत्यु भयो ।

त्यसपछि व्हिग पार्टीकै जोन टाइलर सन् १८४२ मा राष्ट्रपति बने । दुई वर्ष राष्ट्रपति बनेका टाइलरलाई पाखा लगाउँदै सन् १८४५ मा डेमोक्र्याटका जेम्स के. पोल्क राष्ट्रपति बने ।

पोल्कको चार वर्षको कार्यभारपछि सन् १८४९ मा भने फेरि व्हिग पार्टी कै जचारी टेलर राष्ट्रपति निर्वाचित भए ।

तर,मार्चमा राष्ट्रपति भएका उनको जुलाइ मा नै मृत्यु भएको थियो । त्यसपछि सन् व्हिग पार्टीकै मिलाड फिल्मोर सन् १८५२ सम्म राष्ट्रपति रहे ।

सन् १८५३ देखि सन् १८६० सम्म फेरि डेमोक्र्याटले कब्जा जमायो । यसबीचमा फ्रेंकलिन पिर्यस र जेम्स बुकानन राष्ट्रपति बने ।
त्यसपछि सन् १८५४ मा स्थापना भएको रिपब्लिकन पार्टीले सन् १८६१ मा जित्यो र अब्राहम लिंकन रिपब्लिकन पार्टीको  पहिलो अमेरिकी राष्ट्रपति बने ।

लिंकन सन् १८६४ सम्म राष्ट्रपति रहे । उनको एक सभामा बोल्दै गर्दा हत्या भएको थियो । 

यसबेला अमेरिकामा गृहयुद्ध जारी नै थियो । साना पार्टी र युद्धपीडितहरुलाई आकर्षीत गर्नका लागि चुनावी अभियानमा रिपब्लिकन पार्टीलाई ‘नेशनल युनियन पार्टी’को नाम दिइएको थियो ।

नेशनल युनियनले सहजै डेमोक्र्याटलाई हरायो । तर, अब्राहम लिंकनले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाल्नु अघि नै उनको हत्या भयो ।

लिंकनको हत्या भएपछि उपराष्ट्रपति रहेका एन्ड्र्यु जोनसनले राष्ट्रपतिको पद सम्हालेका थिए । जोनसन सन् १८६८ सम्म राष्ट्रपति रहे ।

त्यसपछि पनि त्यसपछि निरन्तररुपमा सन् १८८४ सम्म रिपब्लिकन पार्टी कै नेता राष्ट्रपति बने । सन् १८८५ मा भने डेमोक्र्याट पार्टीका ग्रोवर क्लीभल्याण्ड राष्ट्रपति बने । उनी सन् १८८८ सम्म राष्ट्रपति रहे ।

सन् १८८९ मा भने बेन्जामिन ह्यारिसन रिपब्लिक पार्टीका नेता राष्ट्रपति बने । सन् १८९२ सम्म बेन्जामिन राष्ट्रपति रहे ।तर, सन् १८९३ मा फेरि ग्रोवर क्लीभल्याण्ड नै राष्ट्रपति बने र उनले ४ वर्ष कार्यभार सम्हाले ।

सन् १८९७ मा फेरि रिपब्लिकन पार्टीले जित्यो । रिपब्लिकनका विलियम म्याकिन्ले सन् १९०० सम्म राष्ट्रपति बने । २० औं शताब्दिको सुरुवात अर्थात सन् १९०१ मा रिपब्लिककै थिओरडोर रुजबेल्ट राष्ट्रपति बने । थिओडोरको दुई कार्यकालपछि रिपब्लिककै विलियम होर्वाड टाफ्ट राष्ट्रपति बने ।

तर, सन् १९१३ मा फेरि डेमोक्र्याटले जित्यो र वुड्रो विल्सन राष्ट्रपति बने । उनले पनि दुई कार्यकाल पूरा गरे ।सन् १९२१ मा भने रिपब्लिकनले जित्यो र वारेनजी. हार्डींग राष्ट्रपति बने । सन् १९३२ सम्म रिपब्लिकनकै सत्ता रह्यो ।

सन् १९३३ मा भने डेमोक्र्याटका फ्रेंकलिन रुजवेल्ट राष्ट्रपति बने । त्यसपछि सन् १९५२ सम्म डेमोक्र्याट नै सत्तामा रह्यो ।
तर, सन् १९५३ मा रिपब्लिकनले जित्यो र ड्वाइट डी आइसेनहवार राष्ट्रपति बने । दुई कार्यकाल रिपब्लिकनकै रहेपछि सन् १९६१ मा फेरि डेमोक्र्याट सत्तामा आयो । जोन एफ. केन्नडी राष्ट्रपति बने ।

सन् १९६८ सम्म डेमोक्र्याटकै सरकाररहँदा सन् १९६९ मा भने रिपब्लिकनले जित्यो र रिचर्ड एम. निक्सन राष्ट्रपति बने ।
रिपब्लिकनको सत्ता सन् १९८० सम्म रह्यो । सन् १९७७ देखि १९८० सम्म फेरि डेमोक्र्याटका जिम्मी कार्टर राष्ट्रपति बने ।

तर, फेरि रिपब्लिकनले जित्यो र सन् १९८१ देखि सन् १९९२ सम्म रोनाल्ड रेगन र जर्ज बुस राष्ट्रपति बने ।

सन् १९९३ मा भने डेमोक्र्याटका बिल क्लिनटन राष्ट्रपति बने । उनले दुई कार्यकाल पूरा गरे ।सन् २००१ मा फेरि रिपब्लिकनले जित्यो र जर्ज डब्ल्यु. बुस राष्ट्रपति बने । उनले पनि दुई कार्यकाल सम्हाले ।

सन् २००८ मा फेरि डेमोक्र्याटले जित्यो र बाराक ओबामा राष्ट्रपति बने । ओबामाले दुई सन् २०१७ सम्म कार्यकाल पूरा गरे ।
त्यसपछि रिपब्लिकनले जित्यो र डोनाल्ड ट्रम्प राष्ट्रपति बने । ट्रम्पको पहिलो कार्यकालमै फेरि डेमोक्र्याटले जित्यो र सन् २०२१ देखि अब, डेमोक्र्याटका जो बाइडेन राष्ट्रपति बनेका छन् ।

वर्तमान अमेरिकाका दुई शक्तिशाली पार्टीहरु निरन्तररुपमा केही दशक सत्तामा ओहोर दोहर गरिरहनेदेखिन्छ । विश्वकै सबैभन्दा पूरा प्रजातन्त्र मानिने अमेरिका विश्व शक्ति पनि हो ।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र (करिब २१ ट्रिलियन डलर) भएकै कारण अमेरिका शक्तिशाली मूलूक पनि हो भने, यहाँका राष्ट्रपति विश्वकै शक्तिशाली व्याक्ति हुन् ।

विकासको मामिलामा विश्वकै पहिलो नम्बरमा रहेका कारण अमेरिकामा जनस्तर उच्च छ । त्यसकारण राजनीतिक क्षेत्रमा खासै उतराचढाव आएको देखिँदैन् ।

बेलायत सम्राज्यबाट स्वतन्त्र भएको करिब अढाइ दशकमा पुगेको अमेरिका विश्वको केन्द्र मानिन्छ ।

कुन पार्टीका कति राष्ट्रपति ?

स्थापना भएयता अहिलेसम्म रिपब्लिकन पार्टीका १९ नेता राष्ट्रपति बनेका छन् ।अमेरिकी इतिहासमा सबैभन्दा बढी राष्ट्रपति हुने पार्टी नै रिपब्लिकन पार्टी हो । सन् २०१७ देखि सन् २०२० सम्म राष्ट्रपति रहेको डोनाल्ड ट्रम्प पनि रिपब्लिकन पार्टी कै हुन् ।

उता डेमोक्र्याटबाट जोय बाइडेनसहित १७ नेता राष्ट्रपति बनेका छन् । अमेरिकी राष्ट्रपतिय इतिहासमा सन् १८५३ देखि डेमोक्र्याट र रिपब्लिकन मात्रै दुई मुख्य शक्तिशाली पार्टी हुन् ।

त्यस्तै व्हिग पार्टीबाट पनि ४ जना राष्ट्रपति बनेका छन् भने डेमोक्र्याट रिपब्लिक पार्टीबाट पनि ४ जना राष्ट्रपति बनेका छन् ।
त्यस्तै फेड्रालिस्टबाट एक जना जोन एडम्स र कुनै पार्टीमा आवद्ध नभएका एक जना जर्ज वाशिंगटन हुन् । जर्ज वाशिंगटन नै पहिलो अमेरिकी राष्टपति पनि हुन् । 
 
हालसम्म रिपब्लिकन पार्टीका पछिल्ला राष्ट्रपति ट्रम्प हुन् भने डेमोक्रयटका बाइडेन बन्न पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ