arrow

हराएको तीन महिनापछि ज्याक मा सम्पर्कमा

अलिबाबाको सेयर १० प्रतिशतले बढ्यो

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
jack-ma-new.jpg

काठमाडौं । चिनियाँ अर्बपति एवं विश्वकै सफल उद्यमी मध्येका एक ज्याक मा सम्पर्कविहिन भएको तीन महिनापछि सम्पर्कमा आएका छन् । चिनियाँ अधिकारीहरुले उनको व्यापरमा ठूलो घाटा लगाइसकेपछि ज्याक  मा सम्पर्कमा आएका छन् ।

बुधबार ज्याक माले चिनियाँ एक सय गाउँले शिक्षकहरुको अनलाइन सम्मेलनमा सम्बोधन गर्दै गरेको ५० सेकेण्डको भिडियो सार्वजनीक भएको छ । माले उक्त भिडियोमा कोरोना भाइरसको माहामारीका कारण भौतिकरुपमा सम्मेलनमा सहभागी हुन नपाएकोमा पछुतो लागेको बताएका छन् ।

मा पहिलो अंग्रेजी विषयक शिक्षक पनि हुन् । पढाइलाई निकै नै महत्व दिनुपर्छ भन्ने माले शिक्षाकै क्षेत्रमा बढी सक्रिय हुन पछिल्लो समय कम्पनीको जिम्मेवारी घटाएका पनि थिए ।

ज्याक मा फाउण्डेसनका प्रवक्ताले बुधबार मा उक्त सम्मेलनमा अनलाइनमार्फत सहभागी भएको पुष्टि गरेका छन् ।

मा डार्क ब्लु टिसर्ट लगाएको अवस्थामा लाइभसम्मेलनमा सहभागी भएको भिडियोमा देखिन्छ ।मा सम्पर्कमा आएपछि अलिबाबाको सेयर १० प्रतिशतले बढेको छ ।

चीन सरकारको गलत नीतिविरुद्ध गत अक्टोबरमा अवाज उठाएपछि उनी सम्कर्पविहिन भएका थिए ।

चीन सरकारले उनके कम्पनीको ३७ अर्ब डलरको आईपी निष्कासन हुनबाट रोकेको थियो भने अलिबाबा ईकमर्सलाई समेत छानबिनको दायरामा लिएको थियो ।चीनमा सरकारको विरोध गर्ने ठूला उद्यमीहरु सम्पर्क बिहिन हुँदै आएका छन् ।

यसअघि सम्पर्कविहिन भएर सम्पर्कमा आएकाहरुले सम्पर्कविहिन भएको अवस्थामा कहाँ थिए, के भएको थियो भन्ने कुनै जानकारी भने दिएका छैनन् ।

ज्याक मालाई पनि चिनियाँ सरकरी अधिकारीहरुले नै सम्पर्क विहिन गरेको हुनसक्ने आशंका गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ