arrow

अग्रज पत्रकार धामी सम्मानित

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ माघ ७ बुधबार
dhami.JPG

कञ्चनपुर । सुदुर पश्चिमको  कञ्चनपुर स्थित महेन्द्रनगरमा बसेर तीन दशकदेखि अनवरत पत्रकारिता गर्दै आएका अग्रज पत्रकार माधवसिंह धामी सम्मानित भएका छन्।

भिमदत्त नगरपालिकाले आफ्नो ४३ औं वार्षिकोत्सबका अवसरमा अग्रज पत्रकार धामीलाई सम्मान गरेको हो।

जिल्लामा पत्रकारिता र पत्रकारितामा आदर्शको जग बसाउन उल्लेखनीय भूमिका निर्वाह गरेकामा धामीलाई नगरपालिकाले सम्मान गरेको बताइएको छ।

धामी सुदूरपश्चिममा बसेर लामो समय निष्ठा, इमान, आचारसंहिता र पत्रकारिताको मर्यादा जोगाउने गरि पत्रकारिता गर्दै आएका व्यक्तिमा गनिन्छन्।

उनले यस क्षेत्रमा बसेर पत्रकारिताको वृद्धि विकास मात्र होइन मुलुकमा प्रजातन्त्र स्थापनाका लागि ठूलो योगदान गरेका छन्।

धामी नेपाल प्रेस युनियन कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहि जिल्लामा लोकतान्त्रिक पत्रकारहरुको नेतृत्व गरेका अग्रज पत्रकार हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ