arrow

अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनले लिए सपथ

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
biden.jpg

काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनले सपथ लिएका छन् । उपराष्ट्रपति कमला ह्यारिसले पनि पद तथा गोपनियताको सपथग्रहण लिएकी छिन् ।

वासिंटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिलको पश्चिम तर्फको अग्रभागमा सपथग्रहण समारोह भएको हो ।

राष्ट्रपतिका रुपमा बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर सपथ लिएका हुन । 

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीस सोनिया सोटोमेयरबाट सपथ लिएकी हुन । 

सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यही स्थानमा सपथ लिएका थिए । त्यसपछि हरेक राष्ट्रपतिले यही स्थानमा सपथग्रहण गर्दै आएका छन् ।

समारोहमा पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन र बराक ओबामा, बिल क्लिन्टन र हिलारी क्लिन्टन उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ