arrow

कता जालान् सन्दीप लामिछाने, दिल्लीद्धारा रिलिज 

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
sandeep-lamichhene-delhi1.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल)  टिम दिल्ली क्यापिटल्सले रिलिज गरेको छ । तीन वर्षका लागि सन्दीपलाई आवद्ध गरेको दिल्लीले बुधबार रिलिज गरेको हो । 

दिल्लीले रिलिज गरेसँगै अब सन्दीप कता जालान् भन्ने चाँसो बढेको छ । दिल्लीले साथ छाडेसँगै अब सन्दीप मेगा अक्सनमा सामेल हुनेछन् । 

दिल्लीले सन्दीपसँगै मोहित शर्मा, किमो पाउल, एलेक्स केरी, जासन रोय र तुशार देशपान्डेलाई रिलिज गरेको हो । 

दिल्लीले शिखर धवन, कागिसो रबाडा, पृथ्वी शा, अजिन्क्या रहाने, रिषभ पन्त, श्रेयस ऐयर, एन्रिच नोर्टजे, मार्कस स्टोनिस, शिम्रन हेटमायर, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, रविचन्द्रन आश्विन, ललित यादव, हर्शल पटेल, क्रिस वोक्स, डानियल साम्स, आभेष खान र प्रविन दुबेलाई रिटेन गरेको छ । 

आईपीएलले १४ औं संस्करणका लागि रिटेन र रिलिज गर्ने समय बुधबारसम्म दिएको थियो । राजस्थान रोयल्सले कप्तान स्टेभेन स्मिथ र किङ्स इलाभेन पंजाबले ग्लेन म्याक्सवेललाई रिलिज गरेको छ । 

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले सबैभन्दा बढी १० खेलाडीलाई रिलिज गरेको छ । ५७ खेलाडी रिलिज हुँदा १३९ खेलाडी रिटेन भएका छन् । 

कस्तो खेले तीन वर्षमा सन्दीपले ?
आईपीएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा उनी दिल्लीसँग जोडिएका थिए । 

सन्दीपले पहिलो वर्ष ३ खेल खेलेर ५ विकेट लिए । दोस्रो वर्ष ६ खेल खेलेर ९ विकेट लिए । तेस्रो वर्ष खेल्न नै पाएनन् । टिम पहिलो पटक फाइनलमा पुगे पनि उनी बेन्चमै बस्न वाध्य भएका थिए । 

तर त्यही आईपीएलमा प्रवेश पाएसँगै सन्दीपले विश्वका सबैजसो फ्रेन्चाइज टी–२० खेल्न पाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ