arrow

क्रिष्टियानो रोनाल्डो बने रेकर्ड होल्डर, जिते इटालियन सुपर कप

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
ronaldo-bican.jpg

काठमाडौं । वर्तमान फुटबल जगतका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गोलको इतिहास रचेका छन् । उनले फुटबल करियरमा सबैभन्दा बढी ७६० गोल गरेका छन् । उनले चेक–अष्ट्रियन स्ट्राइकर जोसेफ बिकानको ७५९ गोलको रेकर्ड तोडेका छन् । 

युभेन्ट्सलाई बुधबार राति इटालियन सुपर कप फुटबलको उपाधि दिलाउने क्रममा आफूले व्यक्तिगत रेकर्ड राखेका हुन् । 

बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।

उक्त क्रममा रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।

खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रेकर्ड राखेका थिए । पोर्चुगलका ३५ वर्षीय स्टार रोनाल्डोले युभेन्ट्सलाई नवौं पटक सुपर कपको उपाधि दिलाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ